वाथ रोगबाट कसरी बच्‍ने ?

वाथ रोगबाट कसरी बच्‍ने ?
+
-

काठमाडौं-मानिसहरु आफूलाई वाथ रोगबाट बच्‍न अनेक उपायरुको खोजी गरिरहेका हुन्छन्। खासगरी शारीरिक रुपमा कमजोर हुन थालेपछि जोर्नी र जीउ दुख्ने समस्या आउन थालेपछि वाथ रोग भएको महसुस गर्छन् र उपचारको खोजी सुरु गर्छन्।तर यसबाट जोगिन समयमै रोग पहिचान गर्नुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन्।

वाथ रोगबारे सिभिल अस्पतालका डा. रमेश पन्तले भन्छन्, ‘शरीरमा अम्लीय तत्व बढेर रगतलाई दूषित पार्ने र सोही दूषित रगत युरिक या प्रुसिड एसिडका रुपमा हात खुट्टा र जोर्निहरुमा प्रवेश गर्दछ। त्यस स्थितिमा जोर्नी सुनिने र दुख्‍ने गर्दछ। जसका कारण ज्वरो आउने पनि गर्छ।’

डा. पन्तका अनुसार यो रोग लाग्नुमा लामो समयदेखिको गलत खानपान, चिसो-चिल्‍लो खानेकुरा, रातोमासु, गेडागुडी र मसलादार खानाको अत्याधिक प्रयोग बढी जिम्मेवार हुन्छ। यसका साथै लामो समयदेखि कब्जियत हुने व्‍यक्तिमा पनि यो रोगको लक्षण देखा पर्ने गरेको र वंशाणु गुणका कारणले पनि हुने उनको भनाई छ।

वाथ रोगका लक्षण

  • विहान उठ्ने बेलामा हात खुट्टा दुख्‍ने
  • हात खुट्टाका औंला दुख्ने सुन्‍निने
  • घुँडा दुख्‍ने
  • गोली गाँठा र जोर्नीहरु दुख्‍ने सुन्‍निने
  • पानीमा काम गर्दा छालाको रङमा परिवर्तन आउने
  • छालामा घाउ खटिरा आउने निलो डाम देखिने
  • ढाड कम्मर जीउ दुख्‍ने
  • पिडौला कुर्कुच्चा पौतला पोल्ने

कसरी बच्‍ने?

वाथ रोग हुनेहरुले खानपानमा निकै ख्याल गर्नुपछ भिटामिन ए, डी र इ तत्व पर्याप्त मात्रामा खाने गर्नु पर्छ। तर प्रोटिन भएका खानेकुरा खानु हुदैन। जस्तो: टमाटर, पालुग्ङो , तोरीको साग बाथ रोगीका हानिकारक हुन्छ।

काचो तरकारीहरुको रस, गाँजर, स्याउ, मौसम, अनार, जस्ता फल खानु उपयोगी मान्‍निछ। मद्यपान, धूम्रापान गर्नुहुदैन्। त्यस्तै जंगफुडको प्रयोग पनि गर्नु हुदैन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?