प्रदेश ६ को स्थायी राजधानी वीरेन्द्रनगर प्रस्ताव

प्रदेश ६ को स्थायी राजधानी वीरेन्द्रनगर प्रस्ताव
प्रदेश ६ कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही। तस्बिर: डिलप्रसाद शर्मा
+
-
सुर्खेत– प्रदेश नम्बर ६ को स्थायी राजधानी सुर्खेत प्रस्ताव गरिएको छ।
प्रदेशसभा जारी बैठकको दोस्रो चरणमा राजधानीबारे छलफल शुरु भएको हो।
बैठकमा कांग्रेसको संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश ६ को स्थायी राजधानी सुर्खेत बनाउने प्रस्ताव प्रदेशसभा बैठकमा पेश गरेका छन्।
प्रस्ताव पेश गर्दै उनले भौगोलिक हिसावले केन्द्रमा नभए पनि भौतिक रुपमा अब्बल भएकाले सुर्खेतको वीरेन्द्रनगर नै प्रदेशको राजधानी हुनुपर्ने बताए।
शाहीको प्रस्तावमा समर्थन गर्दै एमालेका गुलावजंग शाहले सातै प्रदेशमा कान्छो प्रदेश कर्णाली प्रदेशले नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताए।
विकासका गतिले उत्कृष्ट क्षेत्र वीरेन्द्रनगर भएकाले नमूना राजधानी बनाउन सकिने बताए।
माओवादी केन्द्रका सांसद गणेशप्रसाद सिंह र राप्रपाका शोसीला शाहीले समर्थन जनाएका थिए।
प्रदेशसभाको प्रतिनिधित्व गर्ने सदस्यहरुको दुइतिहाइले मत विभाजन बाट राजधानीको टुङ्गो लगाइने छ। बैठक जारी छ।
जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?