प्रदेश ६ अब बन्यो ‘कर्णाली प्रदेश’

प्रदेश ६ अब बन्यो ‘कर्णाली प्रदेश’
+
-

सुर्खेत– प्रदेश नम्बर ६ को नामाकरण ‘कर्णाली प्रदेश’ गरिएको छ।

शनिबार बसेको चौथो प्रदेशसभा बैठकबाट सर्वसम्मत रूपमा यस प्रदेशको नाम कर्णाली प्रदेश तोकिएको हो। संवैधानिक प्रावधानअनुसार प्रदेशसभाको दुई तिहाइ बहुमतले सर्वसम्मत रुपमा प्रदेशको नाम कर्णाली पारित गरेको हो।

बैठकबाट नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेलले प्रदेश नाम कर्णाली प्रस्ताव दर्ता गराएका थिए। प्रदेश नामाकरणको प्रस्ताव पेश गर्दै उनले कर्णालीको सभ्यताको रुपमा विकासित भएकाले विदेशमा परिचित हुने गरी नामाकरण गरिएको बताए।

‘प्रदेशको नाम कर्णाली राखियोस्’ भन्ने एमाले सांसद कँडेलको प्रस्तावमाथि कांग्रेसका दीनबन्धु श्रेष्ठले समर्थन गर्दै विकास र समृद्धिका लागि नेतृत्वले अगाडी बढ्नुपर्ने बताए।

माओवादी केन्द्रका सांसद सीता नेपालीले यस क्षेत्रको संरचना विगतमा भेरी–कर्णाली भएपनि राप्ती क्षेत्र समेटिएकाले प्रदेशको नाम कर्णाली हुनुपर्ने बताइन्। प्राकृतिक स्रोत साधनले भरिपुर्ण मानिएको कर्णाली क्षेत्रको विकासका लागि एकजुट भएर बढ्नुपर्ने उनको धारण थियो।

राप्रपाका सांसद शोसीला शाहीले प्रदेशको नाम कर्णाली हुनु यस क्षेत्रको पहिचान भएको भन्दै समर्थन जनाएकी थिइन्।

प्रस्तावमाथि एमालेका सांसद कौशिलावति खत्री, माओवादी सांसद सीता नेपाली, दानसिंह परियारले छलफल गरेका थिए। छलफल पश्चात वैठकमा संवैधानिक प्रावधान र प्रक्रियाअनुसार सहभागि सांसदहरुको मतविभाजन गरिएको थियो। मत विभाजनका क्रममा प्रदेशको नाम कर्णाली प्रदेश समर्थनमा ३७ मत परेको थियो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको दुईतिहाइ बढी बहुमतले समर्थन गरेकाले सभामुख राजबहादुर शाहीले प्रदेशको नाम कर्णाली प्रदेश घोषणा गरेका छन्।

यसैबीच प्रदेश राजधानी बारे छलफल शुरु भएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?