प्रदेश ६ को नाम ‘कर्णाली’ राख्न प्रदेशसभामा प्रस्ताव

प्रदेश ६ को नाम ‘कर्णाली’ राख्न प्रदेशसभामा प्रस्ताव
+
-

सुर्खेत– प्रदेश नम्बर ६ को प्रदेशसभा बैठक सुरु भएको छ।

जारी बैठकमा ६ नम्बर प्रदेशको नामकरण र राजधानीका विषयमा छलफल हुनेछ।

बैठकमा पहिलो चरणमा प्रदेशको नामकरणबारे छलफल शुरु भएको छ।

नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेलले प्रदेशसभा बैठकमा प्रदेशको नामकरणका लागि प्रस्ताव पेश गरेका छन्।

उनले कर्णालीको सभ्याताका रुपमा विकासित भएकाले विदेशमा परिचित हुने गरी चिनाउन चाहेको बताए।

एेतिहासिक सामाजिक भौगोलिक पहिचान बोकेको कर्णाली क्षेत्रबाट प्रदेशको नामकरण गरिनुपर्ने उनले बताए।

उनले प्रदेशको प्रतिनिधित्व गर्ने तथ्यांकका आधारमा नामकरण गर्न प्रदेशसभा अध्यक्ष सभामुखसमक्ष प्रस्ताव पेश गरेका हुन्।

‘प्रदेशको नाम कर्णाली राखियोस्’ भन्ने एमाले सांसद कँडेलको प्रस्तावमाथि कांग्रेसका दीनबन्धु श्रेष्ठ, माओवादी केन्द्रकी सांसद सीता नेपाली र राप्रपाकी शोसिला शाहीले समर्थन जनाउनेछन्।

प्रदेश नम्बर ६ को

यामलाल कँडेल। तस्बिर: डिलप्रसाद शर्मा

बैठकमा प्रस्तावक र सर्मथकका अतिरिक्त अन्य कुनै सांसदले आफ्नो धारणा राख्न सक्नेछन्।

सभामुखले सांसदहरूलाई बोल्न दलीय आधारमा समय निर्धारण गरिएको छ।

एमालेलाई १५, माओवादी केन्द्रलाई १० र कांग्रेसलाई ८ र राप्रपालाई ५ मिनेट समय निर्धारण गरिएको छ।

प्रस्तावमाथि छलफल भैसकेपछि सभामुखले उक्त प्रस्ताव निर्णयार्थ सभामा पेश गर्नेछन्।

मत विभाजनका आधारमा प्रस्ताव पारित हुनेछन्। प्रदेशको नामाकरण र स्थायीराजधानी प्रदेशसभाको दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने संवैधानिक प्रावधान छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?