दुर्घटनामा विद्यार्थीको मृत्यु : दोषीलाई कारवाहीको माग गर्दै विद्यार्थी आन्दोलित

दुर्घटनामा विद्यार्थीको मृत्यु : दोषीलाई कारवाहीको माग गर्दै विद्यार्थी आन्दोलित
+
-

कास्की – दुर्घटनामा ज्यान गुमाएकी बन्दना पौडेलका लागि न्यायको माग गर्दै पोखरामा विद्यार्थी आन्दोलित भएका छन् । घटनामा संलग्नलाई कारवाहीको माग गर्दै बुधबार पोखरामा प्रदर्शन गरेका छन् ।

विद्यार्थी संघहरुले पौडेलको घटनामा सवारी चालकको दोष रहेको भन्दै तत्काल कारवाही नभए आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

घटनाको विरोधमा उनी अध्ययनरत जनप्रिय क्याम्पस अगाडि बुधबार बिहान विद्यार्थीले विरोध प्रदर्शन गरेका हुन् । दिउँसो १२ बजे पृथ्वीनारायण क्याम्पस अगाडि चक्काजाम तथा बेलुका ५ बजे जनप्रिय क्याम्पसबाट विरोध जुलुस निकाल्ने नेविसंघका केन्द्रीय सदस्य भानु ढकालले बताएका छन् । पौडेल नजप्रिय क्याम्पसमा कक्षा १२ मा अध्ययनरत थिइन् ।

पोखराको चाउथेमा ट्रिपरको ठक्करबाट स्याङजा आँधीखोला गाउँपालिका ५ जुग्लेकी २१ वर्षकी बन्दना पौडेलको मृत्यु भएको थियो ।

सोमबार बेलुका ना ६ ख ९००६ नम्बरको ट्रिपरले ग १३ प ७९८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएको पौडेलको टाउको र खुट्टामा चोट लागेको थियो । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

उनी गण्डकी मेडिकल कलेजको ल्यावमा काम गर्थिन् । काम सकेर घर फर्किने क्रममा दुर्घटना भएको हो । घटनाबारे अनुसन्धान भैरहेको ट्राफिक प्रहरी प्रमुख एनकुमार मल्लले जानकारी दिए । ट्रिपर चालक दलबहादुर प्रहरीले पक्राउ गरेको छ ।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?