प्रदेश ६: यी हुन् ५२ प्रतिशत गरिबी घटाउने मन्त्रीपरिषद्का निर्णय

प्रदेश ६: यी हुन् ५२ प्रतिशत गरिबी घटाउने मन्त्रीपरिषद्का निर्णय
+
-

सुर्खेत– सबैभन्दा गरिब प्रदेशका रुपमा रहेको ६ नम्बर प्रदेशलाई समृद्ध बनाउने योजना अगाडि सारिएको छ। आइतबार बसेको पहिलो मन्त्रिपरिषदको बैठकले विभिन्न २१ वटा निर्णयहरु गरेको हो।

प्रदेशको समृद्धिका लागि प्रमुख चुनौती बनेको ५२ प्रतिशत गरिबी घटाउने प्राथमिकताका साथ विभिन्न निर्णयहरु गरिएको हो।

प्रदेशमा रैथाने बालिको संरक्षण गर्ने, अगार्निक प्रदेशका आधार खडा गर्ने, भु–उपयोग निति निर्मांण र बस्ती विकास व्यवस्थापन गर्ने निर्णय गरिएको छ।

हालसम्म पनि सडक सञ्जालले नछोएको हुम्ला र डोल्पामा सडक पुर्‍याउने, उत्तर मुलुक चीनसँग नाका खोल्न पहल गर्ने, समृद्धि प्रदेशका लागि शान्ति सुरक्षा कार्यक्रम गर्ने निर्णय पहिलो वैठकले गरेको प्रदेश सरकारका प्रवक्ता विमला केसीले बताइन्।

व्यवसायिक खेतीलाई प्रोत्साहन गर्नका लागि व्यवसायिक खेतीको प्रणाली लागू गर्ने, उच्च मुल्य कृषि बस्तुको उत्पादन नाराका साथ विभिन्न कार्यक्रमहरु कार्यान्वयन गर्ने, एक समुह तथा सहकारी, एक उत्पादन भन्ने नाराका साथ निति लिएर काम गर्ने निर्णय गरिएको छ।

यस्तै, प्रदेश समृद्धिको आधारका रुपमा रहेको पर्यटन क्षेत्रको विकासका लागि रारा कर्णाली पर्यटन महोत्सव २०७५ आयोजना गर्ने, वातावरणमैत्री हरित अर्थतन्त्र र प्रदेशको मुलमन्त्रका साथसम्बन्धि मन्त्रालयले काम गर्ने, ‘गरिब जनताको धन, जडिबुटी र वन्यजन्तु र वन’ भन्ने नाराका साथ कार्यक्रमहरु अगाडी बढाउने निर्णय गरेको उनले जानकारी दिइन्।

यस्तै, जनतासँग मुख्यमन्त्री कार्यक्रमलाई प्रदेशमा प्रभावकारी बनाउने, प्रत्येक गाउँपालिकामा १५ शैयाको अस्पताल बनाउने केन्द्रीय सरकारले बनाएको नीतिलाई कार्यान्वयन गर्ने, युवाहरुलाई स्वरोजगार गराउन एकल गाउँपालिका एक घरेलु उद्योग कार्यक्रम गर्ने निर्णय भएको छ।

साना उद्योगहरुलाई जोड दिने, मन्त्रिपरिषको बैठकले प्रदेश ५ लाई समृद्धिका लागि सबै भन्दा पहिले लगानी भित्र्याउन आवश्ययक रहेको भन्दै लगानी मैत्री वातावरण सृजना गर्ने निर्णय गरिएको प्रवक्ता केसीले जानकारी दिइन्।

लगानीका लागि राष्टिय तथा अन्तराष्टिय लगानी भित्राउन सम्मेलनहरुको आयोजना गर्ने, जेष्ठ नागरिक देशदर्शन कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निणर्य प्रदेश ६ को मन्त्रिपरिषदको निर्णय छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?