भागबन्डा नटुंगिँदा प्रदेश ७ को शपथग्रहण धकेलियो

भागबन्डा नटुंगिँदा प्रदेश ७ को शपथग्रहण धकेलियो
प्रदेश ७ को मन्त्रीहरुको सूची थाहा पाउन प्रतीक्षारत पार्टी कार्यकर्ता र सर्वसाधारण। तस्बिर: दीपक जोशी
+
-

प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको शपथ शनिबार ३ बजेका लागि तोकिए पनि एमाले र माओवादीबीच मन्त्रालय भागबन्डा नटुंगिदाँ अहिले ५ बजेका लागि सारिएको छ।

एमाले र माओवादीबीच कतिकति जना मन्त्री र कुनकुन मन्त्रालय भन्ने अझै टुंगिन सकेको छैन।

प्रदेश ७ मा मुख्यमन्त्रीसहित नौजना मन्त्री बन्नेछन्। यीमध्ये मुख्यमन्त्रीसहित ३ जना माओवादी र अन्य ६ जना एमालेले पाउने मौखिक सहमति भएको छ। यद्यपि एमाले नेता भीम रावल र माओवादी नेता लेखराज भट्टबीच कुनकुन मन्त्रालय दुई पार्टीमाझ बाँडफाँट गर्ने भन्ने सहमति बनाउन शुक्रबारदेखि नै बैठक बसिरहेको छ। भीम रावलले शुक्रबार धनगढीबाट काठमाडौँको टिकट काटे पनि यही सहमति टुंग्याउन रद्द गरेका थिए।

भागबन्डा नमिले माओवादीका त्रिलोचन भट्टको मात्र शनिबार मुख्यमन्त्रीका रुपमा शपथ हुने बाम गठबन्धन निकट एक नेताले जानकारी दिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?