प्रदेश समृद्धिका लागि गुरुयोजना बनाउँछुः मुख्यमन्त्री शाही

प्रदेश समृद्धिका लागि गुरुयोजना बनाउँछुः मुख्यमन्त्री शाही
प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाही। उनले शुक्रबार नै शपथग्रहण गरेका हुन्। तस्बिर: डिलप्रसाद शर्मा
+
-

सुर्खेत–प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको विकास र समृद्धिका लागि आवश्यक गुरुयोजना बनाएरै अगाडि बढ्ने बताएका छन्।

शुक्रबार पद तथा गोपनीयताको सपथ लगतै मुख्यमन्त्रीको पद सम्हालेका शाहीले अन्य प्रदेशभन्दा विकसित प्रदेशका रुपमा स्थापित गर्न आवश्यक रणनीति बनाएर लाग्ने बताए।

‘सबैभन्दा कान्छो प्रदेशका रुपमा ६ नम्बर प्रदेश हो। यस प्रदेशलाई भोलि खुट्टा टेक्ने बनाउनु छ,’ उनले भने, ‘प्रदेश विकासका लागि गुरुयोजना बनाउँछौं। कहाँबाट कसरी काम गर्ने भन्ने बारेमा ठोस ‘प्लानिङ’ गरेर अगाडि बढ्छु।’

अन्य ६ वटा प्रदेशभन्दा थुप्रै चुनौती रहेको ६ नम्बर प्रदेशलाई समृद्धि र विकास गर्नका लागि सबैको साथ आवश्यक रहेको उनले बताए।

प्रदेश समृद्ध बनाउन अथाह सम्भावनाहरु रहेको भन्दै मुख्यमन्त्री शाहीले आन्तरिक स्रोतहरुलाई परिचालनबाटै प्रदेश विकासको ढोका खुल्ने बताए।

सबैभन्दा कान्छो प्रदेशका रुपमा ६ नम्बर प्रदेश रहेकाले विभिन्न चुनौतीको सामना गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे।

एमाले माओवादीले आन्तरिक व्यवस्थापनका तयारी पुरा नभएको भन्दै मन्त्रीहरुको टुङ्गो लगाएका छैनन् जसले गर्दा मन्त्रिपरिषद् विस्तार लम्बिएको छ।

मन्त्रीहरुका लागि सपथ तथा पदभार आइतबारका लागि सारिएको छ।

माओवादी केन्द्र र एमालेबीच भागबण्डामा प्रदेश सरकार सञ्चालन गरिने भएको छ।

मुख्यमन्त्रीसहित माओवादीको भागमा २ मन्त्रालय भाग परेका छन् भने चार मन्त्रालय एमालेको भाग परेका छन्।

मन्त्रालयका लागि भागबण्डा नमिलेका कारण शुक्रबार नै मन्त्रीपरिषद् गठन हुन नसकेको नेताहरु बताउँदै आएका छन्।

महेन्द्रबहादुर शाही प्रदेश ६ को मुख्यमन्त्रीका रुपमा कार्यभार सम्हालेर फाइलमा हस्ताक्षर गर्दै। तस्बिर: डिलप्रसाद शर्मा

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?