प्रदेश २ को उपसभामुखमा उपमा निर्विरोध निर्वाचित

प्रदेश २ को उपसभामुखमा उपमा निर्विरोध निर्वाचित
प्रदेश २ को उपसभामुखमा निर्वाचित भएपछि हर्षित मुद्रामा उपमा देव। तस्बिर-प्रतिभा झा/देश सञ्‍चार
+
-

जनकपुरधाम-प्रदेश नम्बर २ को उपसभामुखमा संघीय समाजवादी फोरमकी उपमा देव निर्विरोध निर्वाचित भएकी छिन्।

फाल्गुन ४ गते भएको उपसभामुखको निर्वाचनमा उपमा निर्वरोध निर्वाचित भएकी हुन्।  विहीवार उपसभामुखकोलागी प्रदेशसभा सदस्य उपमा देवको एकमात्र प्रस्ताव दर्ता भएपछि उनी निर्विरोध भएकी हुन् । तर औपचारिक घोषण भने १ बजेपछि मात्रै हुने जनाईएको छ।

देवको प्रस्तावकमा संघीय समाजवादी फोरमका प्रदेशसभा सदस्य ज्ञानेन्द्र कुमार यादव र समर्थकमा राजपा प्रदेशसभा सदस्य सुरीता साह रहेकी छिन्।

प्रदेश २ को सभामुखमा पुरुष भएकाले फरक दलबाट महिला उपसभामुख रहने प्रावधानको आधारमा देवले उपसभामुखको प्रस्ताव दर्ता गराएकी हुन्।

प्रदेश २ को सभामुखमा राजपाका सरोज कुमार यादव यसअघि नै निर्वाचित भइसकेका छन्।

प्रदेश २ मा फोरम र राजपा गठबन्धनको सरकार बनाउने सहमति भएपछि फोरमले मुख्यमन्त्री तथा उपसभामुख सहित तीन मन्त्रालय र राजपाले सभामुख सहित चार वटा मन्त्रालय पाउने सहमति भएको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?