प्रदेश ६ मा को–को बन्दैछन् मन्त्री ?

प्रदेश ६ मा को–को बन्दैछन् मन्त्री ?
+
-

सुर्खेत-प्रदेश नम्बर ६ मा प्रदेश सरकारमा सहभागी हुने सम्भावित मन्त्रीहरूको पनि चर्चा सुरु भएको छ।

मन्त्रीका आकांक्षीहरूले दौडधुप सुरु गरिसकेका छन् । वामगठबन्धनले आज मन्त्रीपरिषद् विस्तारको तयारी गरिरहेको छ।

एमाले पोलिट्ब्यूरो सदस्य प्रकाश ज्वाला वा गुलावजंग शाहको नेतृत्वमा सरकारमा जाने सम्भावना छ।

यी दुवै जना सल्यानबाट निर्वाचित सांसद हुन्। यस्तै एमालेले मन्त्रीमा हुम्लाबाट निर्वाचित सांसद दल रावल र सुर्खेतबाट निर्वाचित खड्गबहादुर खत्रीलाई मन्त्री बनाउने सम्भावना छ।

प्रकाश ज्वाला सरकारमा नगए दैलेखका सांसद अम्मरबहादुर थापा मन्त्री बन्ने सम्भावना बलियो रहेको स्रोतको दाबी छ।

यस्तै एमालेले महिलाबाट डोल्पाका पद्मा बोहोरा र दैलेखका मीना रखालमध्ये एक जनालाई मन्त्री बनाउने सम्भावना छ।

माओवादीबाट भने नरेश भण्डारी मन्त्री बन्ने लगभग पक्का भएको स्रोतको दाबी छ। माओवादीको भागमा दुई जना मन्त्री छन्।

माओवादी स्रोतले भन्यो, ‘महिला पठाउँदा रुकुमका बिमला केसी र महिला नपठाउँदा सुर्खेतका विन्दमान विष्ट मन्त्री बन्‍दै छन्।’

प्रदेशसभामा एमालेसँग २० र माओवादी केन्द्रसँग १३ सांसद छन्। प्रदेश नम्बर ६ मा सात वटा मन्त्रालय स्थापना भइसकेको छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?