प्रदेश ६ मा सातै मन्त्रालयमा स्थापना

प्रदेश ६ मा सातै मन्त्रालयमा स्थापना
+
-

सुर्खेत–प्रदेश नम्बर ६ मा सातै वटा मन्त्रालय स्थापना गरिएको छ। बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रालय स्थापना गरेको मुख्यमन्त्रीको कार्यालयले बिहीबार सातै वटा मन्त्रालय स्थापना गरेको हो। वीरेन्द्रनमा रहेका क्षेत्रीय कार्यालयमा संघीय संरचना अनुसार यस प्रदेशमा स्थापना हुने मन्त्रालयहरुको स्थापना गरिएको हो।

वीरेन्द्रनगर ८ इत्रामस्थित क्षेत्रीय कृषि निर्देशनालयमा कृषि, भूमि तथा सहकारी मन्त्रालय स्थापना गरिएको क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतका शाखा अधिकृत केशव उपाध्यायले बताए। उनका अनुसार प्रदेश शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय जिल्ला जनस्वास्थ्य कार्यालयमा स्थापना गरिएको छ।

यस्तै, प्रदेश अर्थ मन्त्रालय क्षेत्रीय शिक्षा निर्देशनालय, प्रदेश उद्योग, वन, विज्ञान तथा वातावरण मन्त्रालय क्षेत्रीय सिचाँई डिभिजन कार्यालयमा, प्रदेश पूर्वाधार विकास मन्त्रालय शहरी विकास डिभिजन कार्यालयमा स्थापना गरिएको छ।

यसैगरी, प्रदेश कृषि तथा भूमि व्यवस्थापन मन्त्रालय क्षेत्रीय अनुगमन तथा सरपरिवेक्षण कार्यालय स्थापना गरिएको छ । ६ नम्बर प्रदेश प्रमुखको कार्यालय भने दुई साता पहिले नै स्थापना गरिएको थियो।

‘सातै वटा मन्त्रालय स्थापना गरेर बोर्ड राख्ने काम भयो । शाखा अधिकृत उपाध्यायले भने, ‘रंगरोगन र अन्य सामान्य काम तीव्र पारिएको छ। अब मन्त्रालय सञ्चालनका लागि आन्तरिक व्यवस्थापन सुरु हुन्छ।’ तत्काल सबै मन्त्रालयका सचिवले मन्त्रीपरिषद्को कार्यालयबाटै आन्तरिक संरचना निर्माण गर्ने उनले बताए।

मन्त्रालय स्थापना भएपनि कर्मचारी भने अझै आएका छैनन्। शाखा अधिकृत उपाध्यायका अनुसार प्रदेश गृह मन्त्रालय, प्रदेश अर्थ मन्त्रालय, प्रदेश कृषि तथा भूमि व्यवस्थापन मन्त्रालय, प्रदेश वन, विज्ञान तथा वातावरण मन्त्रालयका मात्रै सचिवहरु सुर्नेत आइपुगेका छन्।

यस्तै, प्रदेश शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र प्रदेश पूर्वाधार विकास मन्त्रालयका सचिव तथा आवश्यक कर्मचारीहरु सम्पर्कमा आएका छैनन्। हाल पूर्वाधार विकास मन्त्रालयमा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्याकालयका प्रमुख थम्बराज श्रेष्ठले निमित्तको जिम्मेवारी सम्हालेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?