प्रदेश ७ ले भोेलि मुख्यमन्त्री पाउँदै, शपथग्रहण शनिबार

प्रदेश ७ ले भोेलि मुख्यमन्त्री पाउँदै, शपथग्रहण शनिबार
प्रदेश ७ मा मुख्यमन्त्री बन्न बहुमत सदस्यको हस्ताक्षर बुझाउँदै त्रिलोचन भट्ट। तस्बिर: दीपक जोशी
+
-

धनगढी- माओवादी केन्द्रका नेता त्रिलोचन भट्टलाई प्रदेश नम्बर ७ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ। माओवादी सहित एमाले पार्टीका गरी ३७ जना प्रदेश सभा सदस्यले भट्टलाई मुख्यमन्त्रीमा समर्थन रहेको भन्दै हस्ताक्षर गरेपछि उनको मुख्यमन्त्रीको बाटो खुलेको हो।

बुधबार एमाले र माओवादी केन्द्रका ३७ जना प्रदेश सभा सदस्यले भट्टलाई मुख्यमन्त्रीमा समर्थन रहेको भन्दै हस्ताक्षर गरेका छन्।

५३ जना सदस्य मध्ये भट्टलाई ३७ जनाले मुख्यमन्त्रीमा समर्थन गरेका हुन्। बुधबार बिहान प्रदेश प्रमुख मोहनराज मल्लले मुख्यमन्त्रीमा नियुक्त हुन स्पष्ट बहुमत पेश गर्न आब्हान गरेका थिए।

त्यस लगत्तै माओवादी केद्रका नेता त्रिलोचन भट्टले दुबै पार्टीका प्रदेश सभा सदस्यहरुको आफूलाई समथर्न रहेको भन्दै हस्ताक्षर पत्र प्रदेश प्रमुख मोहनराज मल्ललाई बुझाएका छन्।

योसँगै बिहीवार भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने र फागुन ५ गते सपथ ग्रहण गराउने तयारी गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

‘माओवादी केन्द्रका प्रदेश सभा सदस्य त्रिलोचन भट्टले बहुमत प्राप्त गरेको हस्ताक्षर सहितको पत्र प्राप्त भईसकेकोले अब बिहिवार मुख्यमन्त्रीमा नियुक्त गर्ने र ५ गते भित्रै सपथ गराइनेछ,’ प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव हिरालाल चौधरीले जानकारी दिए।

भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गराउन भन्दै बहुमतसहितको हस्ताक्षर पत्र बुझाउन माओवादी केन्द्रका नेता लेखराज भट्टसहित यसअघि मुख्यमन्त्रीका प्रबल दावेदार मानिएका नेताहरु बिरमान चौधरी, झपट बोहरालगायत प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए।

प्रदेश प्रमुखलाई बहुमत सहितको दाबीपत्र पेस गरेपछि संवाददाताहरुसंग बोल्दै नेता त्रिलोचन भट्टले आफूलाई सुम्पिएको जिम्मेवारी कुशलताका साथ निवार्ह गर्ने बताए।

बिहीवार मुख्यमन्त्रीको नियुक्तिसँगै अब प्रदेश मन्त्रालयका मन्त्री चयनको प्रक्रिया पनि सुरु हुने छ। पार्टीहरुबिच मन्त्रीका बारेमा पनि छलफल भइरहेको र केही दिनमै टुंगो लाग्ने नेताहरुले बताएका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?