मुख्यमन्त्री नियुक्त हुन बहुमत लिएर आउन प्रदेश प्रमुखको आव्हान

मुख्यमन्त्री नियुक्त हुन बहुमत लिएर आउन प्रदेश प्रमुखको आव्हान
+
-

धनगढी-  प्रदेश नम्बर ७ को मुख्यमन्त्री चयनका लागि बहुमत पेस गरेर आउन प्रदेश प्रमुख मोहनराज मल्लले आव्हान गरेका छन्।

बुधबार बिहान प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरु कांग्रेस, एमाले, माओवादी र राजपासँग छलफल सकेपछि प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति निकाल्दै मुख्यमन्त्रीका लागि बहुमत पेस गरेर आउन आव्हान गरेको हो।

‘प्रदेश नम्बर ७ को प्रदेश सभाको अन्तिम परिणाम विष्लेषण गर्दा नेपालको संबिधानको धारा १ सय ६८ को उपधारा १ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने कुनै पनि राजनितिक दलको स्पष्ट बहुमत रहेको नेपालको संबिधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम बहुमत सदस्यहरुको समर्थन स्पष्ट देखिने गरी मुख्यमन्त्री पदमा नियुक्त हुन मिति २०७४ साल ११ महिना ४ गते दिनको ११ बजेभित्र प्रदेश प्रमुख समक्ष दाबी पेश गर्न माननीय प्रदेश प्रमुखज्यूबाट आव्हान भएकोले नेपालको संबिधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम यो विज्ञप्ति जारी गरिएको छ,’ प्रदेश प्रमुखको कार्यालय धनगढीले जारी गरेको विज्ञेप्तिमा उल्लेख छ।

प्रदेश ७ मा ५३ जना प्रदेश सभा सदस्यहरु छन्। बामपन्थी कार्यदलको निर्णय अनुसार प्रदेश ७ को मुख्यमन्त्री माओवादी केन्द्रको भागमा छ। यहाँ माओवादी केन्द्रले डोटीबाट विजयी त्रिलोचन भट्टलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ। अब माओवादी केन्द्रका नेता भट्टले मुख्यमन्त्रीमा नियुक्त हुन एमालेका प्रदेश सभा सदस्यहरुको समर्थन पाउन जरुरी छ। एमालेले संसदीय दलको नेता अझै चयन गरिनसकेकोले मुख्यमन्त्री चयन प्रक्रियामा बिलम्ब भएको हो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?