सेना दिवसमा कलाकौशलदेखि आतिसबाजीसम्‍म (फोटो फिचर)

सेना दिवसमा कलाकौशलदेखि आतिसबाजीसम्‍म (फोटो फिचर)
+
-

काठमाडौँ- नेपाली सेनाले महाशिवरात्रिका दिन भव्‍य रुपमा सेना दिवस मनाएको छ।

काठमाडौंको टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा कलाकौशलको प्रदर्शनसहित आतिसबाजी गरी मनाएको हो।

सेनाले हेलिकप्टरमार्फत् ब्‍यानर प्रदर्शन गर्दै पुष्पवृष्टि गरेको थियो भने राइफल र तोपबाट महाशिवरात्री बढाईं, झाँकी, कवाज, मार्चपास, हतियार प्रदर्शन र विभिन्न भेहिकल तथा उपकरणको प्रदर्शन समेत गरेको थियो।

त्यस्तै नेपाल एकीकरणको २५० वर्षगाँठका सन्दर्भमा यस वर्षको सेना दिवस समारोहमा विशेष अतिथिका रुपमा नेपाल आएका भारतीय सेनाध्यक्ष विपीन रावत पनि सहभागी भएका थिए।

सैनिक मञ्चमा सैनिक सामग्रीको प्रदर्शनीदेखि परेड, तोप तथा राइफल बढाइँ, मार्चपास, फ्री फल जम्पलगायत विविध कार्यक्रम गरियो।

सो अवसरमा नेपालको नेपाली सैनिक ब्याण्ड, भारतको गोर्खा रेजिमेन्ट ब्याण्ड र बेलायतको ब्रिगेड अफ गोर्खा ब्याण्डले आ–आफ्ना ब्याण्ड प्रदर्शन गरेका थिए। त्यस्तै पृथीविनारायण शाहले कसरी सेना बनाए र कसरी एकिकरण गरे भन्ने समेत भनिएको थियो । जसमा नाटकीय रुपमा पृथ्वीनारायण समेत बनेका थिए ।

सेना दिवसको कार्यक्रम हेर्न राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, नेपाल सरकारका उपप्रधानमन्त्री, मन्त्रीहरुलगायतका विशिष्ट व्यक्तिहरु सहभागी भएका थिए।

 

तस्बिरहरु-बर्षा शाह/देश सञ्‍चार

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?