प्रहरीका घुमुवाकै स्कटिङमा दिनदहाडै तस्करी

प्रहरीका घुमुवाकै स्कटिङमा दिनदहाडै तस्करी
तस्करी गरेर ल्याइएको सामान। तस्बिर: देशसञ्चार
+
-

धनगढी- भारतसँग जोडिएको धनगढी उपमहानगरपालिकाको बंग्रा कटानको नाकामा तस्करी नियन्त्रण गर्न जनप्रतिनिधि आफैँ खटिएका छन्। प्रहरीका घुमुवाको स्कटिङमा दिनदहाडै भइरहेको तस्करी नियन्त्रण गर्न वडाअध्यक्षहरु आफैँ खटिएका हुन्।

१ नम्बर वडाका अध्यक्ष सन्तोष मुडभरी र ९ नम्बरका अध्यक्ष प्रेम भण्डारी तस्करी रोक्न खटिएका हुन्।

उनीहरुले सोमबारमात्रै भन्सार छली ल्याइएका लाखौँ मूल्य पर्ने १७ थान ब्याट्री जफत गरी प्रहरीलाई बुझाएका छन्। सामान ल्याइरहेका भारतीय नागरिक बालिस्टर गुप्तालाई पनि नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको छ।

उनले धनगढीका ठूला व्यापारीहरुका लागि भन्सार छलेर सामान तस्करी गर्ने गरेको बयान प्रहरीलाई दिएका छन्। वडाअध्यक्ष मुडभरीले स्थानीय प्रशासन र प्रहरीले तस्करी नियन्त्रण गर्न चासो नदेखाएपछि आफैँ खटिएको बताए।

‘नेपाल प्रहरी र शसस्त्र प्रहरीका धुमुवाहरुको प्रत्यक्ष सहयोगमा भन्सार छलेर तस्करीका सामान आउने क्रम निकै बढेको स्थानीयको व्यापक गुनासो आयो, हामीले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई यसबारे जानकारी गराए तर तस्करी रोक्ने प्रयास नभएपछि आफै खटिएका हौँ,’ उनले भने।

प्रहरीका घुमुवाहरुले आफैँ स्कटिङ गरेर तस्करीका सामानहरु नेपाल भित्राउने र व्यापारीहरुसँग मोटो रकम असुल्ने गरेको गुनासो आएको उनले बताए।

कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले भने प्रहरीले तस्करी गराइरहेको भए फोटो खिचेर आफूलाई बुझाउन आग्रह गरे।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?