प्रदेश ४ एमाले संसदीय दलमा पृथ्वी सुब्बा गुरुङ, अब मुख्यमन्त्रीको बाटो!

प्रदेश ४ एमाले संसदीय दलमा पृथ्वी सुब्बा गुरुङ, अब मुख्यमन्त्रीको बाटो!
पृथ्वीसुब्बा गुरुङ । तस्बिर : जमुना वर्षा शर्मा/देश सञ्चार
+
-

पोखरा– नेकपा एमाले प्रदेश नम्बर ४ को संसदीय दलको नेतामा पृथ्वी सुब्बा गुरुङ बनाउने सहमति भएको छ। आइतबारका लागि संसदीय दलको नेता चयन गर्ने भन्दै एमालेले प्रदेश नम्बर ४ मा निर्वाचन तय गरेको थियो।

यस क्रममा गुरुङले त्यसका लागि उम्मेदवारी पनि दर्ता गराएका छन्। तर संसदीय दलको नेता हुँदै मुख्यमन्त्रीका लागि दाबेदारी प्रस्तुत गर्दै आएका किरण गुरुङले उम्मेदवारी दिएनन्।

सहमतिको प्रयासमा नेताहरु बिहानैदेखि लागेका थिए। त्यसैको फलस्वरुप किरण गुरुङले उम्मेदवारी नदिएको एमाले स्रोतले जनाएको छ। अब पृथ्वीसुब्बा गुरुङ एमालेबाट प्रदेश नम्बर चारको संसदीय दलको नेता बन्ने पक्का भएको छ।

स्रोतका अनुसार उनी अब प्रदेशको मुख्यमन्त्री पनि बन्ने छन्। पृथ्वीसुब्बा गुरुङ गएको मंसिरमा भएको चुनावमा लम्जुङ क्षेत्र नम्बर १ ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

एमाले प्रदेश ४ संसदीय दलको नेतामा पृथ्वी सुब्बा गुरुङको मात्र उम्मेदवारी परेपछि उनको नाम घोषणा गर्न बैठक बस्दै। तस्बिर: जमुना बर्षा शर्मा

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?