समन्वय गरेर अघि बढ्ने प्रदेश ७ सभामुखको उद्घोष

समन्वय गरेर अघि बढ्ने प्रदेश ७ सभामुखको उद्घोष
+
-

धनगढी- प्रदेश ७ को सभामुखमा एमाले सांसद अर्जुनबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्।

प्रदेश सभा सचिवालयले शनिबार दिउँसो १ बजेदेखि ५ बजेसम्म सभामुखको लागि उम्मेद्वारी दर्ताको समय तोकेकोमा उक्त समयमा कसैको पनि उम्मेद्वारी नपरेपछि थापा सात नम्बर प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित भएका हुन्।

उम्मेदवारी दर्ता गर्दा थापाको प्रस्तावकमा एमालेका सांसद तथा कैलाली अध्यक्ष दीर्घ सोडारी र समर्थक प्रस्तावित मुख्यमन्त्री तथा माओवादी नेता त्रिलोचन भट्ट थिए।

सभामुखको उम्मेदवारी दर्ताका लागि तोकिएको अवधिमा थापाबाहेक अन्य दलका कुनै पनि सांसदले उम्मेद्वारी दर्ता नगरेको संसद सचिवालयका प्रमुख मुरारी महतले जानकारी दिए।

यद्यपि थापालाई सभामुखमा निर्वाचित भएको घोषणा भने माघ २९ गते दिउँसो १ बजे प्रदेश सभाको बैठकले गर्ने महतले बताए। सभामुखलाई प्रदेश प्रमुख मोहनराज मल्लले सम्भवत: माघ २९ गते नै प्रदेश प्रमुखकै कार्यालयमा सपथ ग्रहण गराउने छन्।

शनिबार दिउँसो १ देखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको थियो। शुक्रबार नै बेलुकी साढे ५ बजे उम्मेदवारको नामावली प्रकाशन गरिएको छ। यस्तै माघ २८ गते दिनको १० बजेदेखि १२ बजेसम्म उम्मेदवारमाथि दावी विरोध गर्ने र सोही दिन १२ देखि २ बजेसम्म उम्मेदवारमाथि परेको दावी विरोधमाथि छानविन गरिने, २ देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने र ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ।

सभामुखमा निर्विरोध निर्वाचित भएपछि थापाले सात नम्बर प्रदेशको विकासका लागि सत्तापक्ष र प्रतिपक्षसँग समन्वय गर्ने बताए।

यसअघि पनि विभिन्न तहमा रहेक नेतृत्व गरेको भन्दै थापाले अहिले पाएको जिम्मेवारी पनि कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाए।

उनले प्रदेशका लागि आवश्यक पर्ने कानुन निर्माणलाई विषेश ध्यान दिने बताए। सात नम्बर प्रदेश सभाको बैठक माघ २९ गते दिउँसो १ बजे बस्दैछ। उक्त बैठकले उपसभामुखको निर्वाचनको कार्य तालिका तोक्नसक्ने बताइएको छ। सात नम्बर प्रदेशसभामा एमालेका २५, माओवादी केन्द्रका १४, कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ सांसद छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?