प्रदेश ६ मा मुख्यमन्त्रीको टुंगो आज

प्रदेश ६ मा मुख्यमन्त्रीको टुंगो आज
+
-

सुर्खेत – माओवादी केन्द्रले प्रदेश ६ को मुख्यमन्त्रीको टुंगो बिहीबार लगाउने भएको छ । मुख्यमन्त्रीका आकांक्षीले अडान नछोडेपछि लम्बिएको छनौट प्रक्रिया बिहीबार टुंगिने भएको हो । मुख्यमन्त्रीको टुंगो लगाउन प्रदेश कमिटिको बैठक बस्दैछ ।

केही दिन पहिले प्रदेश कमिटिले तीनजनाको नाम केन्द्रमा सिफारिस गरेको थियो । तर, पार्टी हेडक्वाटरले प्रदेशबाटै टुंगो लगाउन भन्दै सिफारिस भएका नेताको नाम प्रदेश कमिटिमै फिर्ता गरिदिएको थियो ।

महेन्द्रबहादुर शाही, नरेश भण्डारी र सीता नेपालीको नाम मुख्यमन्त्रीका लागि सिफारिस भएका थिए । प्रदेश कमिटिको बैठकले मुख्यमन्त्री टुंगो लगाउने माओवादी नेता जनार्दन शर्माले बताए ।

अहिले शाही र भण्डारी मुख्यमन्त्री प्रमुख दाबेदार हुन् । सहमतिकै आधारमा मुख्यमन्त्रीको उम्मेदवार चयन गरिने नेता शर्माले बताए ।

नेकपा एमाले र माओवादी केन्द्रबिच भएको भागबण्डा अनुसार यस प्रदेशको मुख्यमन्त्री माओवादीले पाउनेछ । माओवादीले मुख्यमन्त्री पाउने भएपछि प्रदेशमा बहुमत नजिक पुगेको एमालले भने प्रदेश सभामुख र मन्त्रीमै चित्त बुझाउनुपर्नेछ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?