को-को विजयी भए प्रदेश ६ मा?

को-को विजयी भए प्रदेश ६ मा?
नन्दा चपाई
+
-

सुर्खेत– राष्ट्रियसभा सदस्यका लागि बुधबार भएको निर्वाचनको परिणाम सार्वजनिक हुने क्रम जारी छ।

यो समाचार तयार पार्दासम्म प्रदेश नम्बर ६ मा दलित, अपांग र महिला उम्मेदवारहरुको परिणाम सार्वजनिक भएको छ। यस प्रदेशहरुमा आठ पदका लागि १२ जनाको उम्मेदवारी परेको थियो। दलित सदस्यमा एमालेका नरपति लोवार र अपांग सदस्यमा माओवादी केन्द्रका जीवन बुढा विजयी भएका छन्।

साथै महिला सदस्यहरुमा मुगुकी कविता बोगटी, हुम्लाकी युटोल तामाङ्ग र सुर्खेतकी नन्दा चपाई विजयी भएकी छन्

। एकल संक्रमणीयमा महिला कोटातर्फ ११६२ मतभार प्राप्त गरेर वाम गठबन्धनका कविता बोगटी, नन्दा चपाईँ शर्मा र युटोल लामा विजयी भएका हुन्। नेपाली कांग्रेसका सूर्यदेवी मल्लले निर्धारित मतभार पुर्‍याउन नसक्दा पराजित हुनुपर्‍यो।

खुलातर्फको मतगणना भने जारी रहेको मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले जानकारी दिए।

दलित र अपांगतर्फ पनि वाम गठबन्धनका उम्मेदवार विजयी भइसकेका छन्। महिला, दलित र अल्पसंख्यकमा विजयी उम्मेदवारहरु वाम गठबन्धनका हुन्। बुधबार मतदान भएको ६ नम्वर प्रदेशको पूर्ण परिणाम आउन बाँकी छ।

अधिकृत पौडेलका अनुसार आज राती १२ बजेसम्म सम्पुर्ण नतिजा सार्वजनिक हुनेछ। ७९ वटा स्थानीय तह रहेको यो प्रदेशमा स्थानीय तहको २ हजार ८ सय ४४ र प्रदेशसभाको १ हजार ९ सय २० गरी जम्मा ४ हजार ७ सय ६४ मतभार छ। हाल मतगणना जारी रहेको निर्वाचन अधिकारी सुनिता थापाले बताइन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?