प्रदेश सातमा राजपाका दुई सांसदले मतदान गरेनन्

+
-

धनगढी- बुधवार दिपायलमा भएको प्रदेश ७ को रााष्ट्रिय सभा सदस्य निर्वाचनमा कैलालीका दुई जना सांसदले मतदान गरेनन्। २ सय २९ जना मतदातामध्ये कैलालीबाट राजपाका सांसद मालामती राना र कृष्ण चौधरीले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदान नगरेका हुन्।

बाँकी दुई सय २७ जनाले भने रााष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदान गरेका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए। राजपाकी सांसद मालामती रानाले आफ्नो पार्टीको उम्मेदवार नभएको र अरु पार्टीका उम्मेदवारले मत नमागेकाले मतदान गर्न नगएको बताईन्।

‘हाम्रा मतदाता कम भएका कारण हामीले उमेद्वार खडा गरेनौ, अरु पार्टीहरुले मत माग्दै मागेनन कसरी भोट हाल्न जानु,’ रानाले प्रश्न गरिन्। तर बुधवार दिउसो भने माओवादी र कांग्रेसका नेताहरुले मतदानका लागि आईदिन आग्रह गरेको उनले बताईन्।

‘हामीलाई आज दिउसो मात्रै फोन मार्फत मत मागियो तर धनगढीबाट जान संभव भएन हिजो अस्ती नै मत मागेको भए जान सकिन्थो।’ उनले भनिन्। अहिले ४ बजेदेखी प्रदेश ७ को राष्ट्रिय सभा सदस्यको निर्वाचनको मतगणना कार्य भईरहेको र आज बेलुकी नै नतिजा आईसक्ने मुख्य निर्वाचन अधिकृत पनेरुले जानकारी दिए।

दलित र अपाङ्ग तथा अल्पसंख्यक गरी दुई सदस्यका लागि वाम गठबन्धन र नेपाली कांग्रेसका उम्मेदवार प्रतिस्पर्धामा छन्। अन्य ६ जना भने यसअघि नै निर्वीरोध निर्वाचीत भईसकेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?