प्रदेश एकमा ३ सय ६४ मत खस्‍यो

प्रदेश एकमा ३ सय ६४ मत खस्‍यो
राष्ट्रिय सभा निर्वाचन अन्तर्गत विराटनगरको वीरेन्द्र सभागृहमा मतदान गर्दै प्रदेश एकका सदस्‍य। तस्बिर-अभय कुमार राई/देश सञ्‍चार
+
-

मोरङ-राष्ट्रिय सभा निर्वाचन अन्तर्गत प्रदेश नम्बर एकमा ३ सय ६४ मत खसेको छ। क्षेत्रीय निर्वाचन कार्यालय मोरङका अनुसार विराटनगरको वीरेन्द्र सभागृहमा मतदान भएको थियो। मतदानमा करीब ३ सय ६६ प्रतिनिधिले मत हालेका थिए।

प्रदेश नम्बर एकमा कुल मतदाता संख्या ३ सय ६७ रहे पनि केही समयअघि संखुवासभाको मकालु गाउपालिका अध्यक्ष खड्गप्रसाद कट्वालको सवारी दुर्घटनामा निधन भएपछि एक जना प्रतिनिधि घटेको क्ष्ँेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेम सञ्जेलले बताए।

उनका अनुसार प्रदेश सभासदस्यतर्फ ९३ जना मध्ये ९२ जनाको र प्रदेशसभासदस्यमा भने २ सय ७२ मत मात्र खसेको छ। यसका साथै दलित तथा अल्पसंख्यकतर्फ भएको यस निर्वाचनको नतिजा आजै साझ ६ बजे भित्र आउने निर्वाचन आयोगले जनाएको छ।

दुइ क्षेत्र अन्तर्गत अल्पसंख्यकमा नेपाली कांग्रेस महेश जाजु र एमालेबाट अगमप्रसाद बान्तवाको उम्मेद्वार रहेकाछन भने दलिततर्फ कांग्रेसमा झापाका विन विश्वकर्मा र एमालेबाट खेम नेपालीको उम्मेदवारी रहेको छ।

सम्बन्धित समाचारहरु 

प्रदेश चारमा २ सय २९ मत खस्यो, ४ बजेपछि मतगणना

प्रदेश ६ मा एक सय ९८ मत खस्यो, तीन बजेपछि मतगणना

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?