प्रदेश ६ मा एक सय ९८ मत खस्यो

प्रदेश ६ मा एक सय ९८ मत खस्यो
मतदान गर्दै प्रदेशसभा सदस्य धर्मराज रेग्मी । तस्विर: डिलप्रसाद शर्मा/देश सञ्‍चार
+
-

सुर्खेत-राष्ट्रियसभा सदस्य चयनका लागि भएको निर्वाचनमा प्रदेश ६ मा मतदान सकिएको छ।

विहान १० बजेदेखि वीरेन्द्रनगरस्थित जिल्ला निर्वाचन कार्यालयमा मतदान सुरु भएको थियो। बुधबार भएको मतदानमा यस प्रदेशबाट जम्मा एक सय ९८ मत खसेको छ।

प्रदेश ६ का निर्वाचन अधिकृत मेदेनीप्रसाद पौडेलले सतप्रतिशत मत खसेको बताए ।

यस प्रदेशमा स्थानीय तहको १ सय ५८ र प्रदेशसभा ४० गरी १ सय ९८ मतदाता रहेको थियो । अधिकृत पौडेलका अनुसार स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यहरु मतदाता थिए ।

निर्वाचन अवधिभर कुनैपनि अप्रिय घटना नभएको उनले बताए । ‘शान्त र सूव्यवस्थित वातावरणमा निर्वाचन सकियो । उनले भने, ‘आजै तीन बजेदेखि मत गणना सुरु हुन्छ।’ भोलि विहानसम्म मत परिणाम सार्वजनिक गर्ने गरी तयारी थालिएको छ।

यस प्रदेशबाट नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसबाट मात्रै उम्मेदवारी परेको थियो । जसमा एमालेवाट पाँच, माओवादीबाट तीन र कांग्रेसबाट चार जनाले उम्मदवारी दिएका थिए । आठ पदका लागि भएको निर्वाचनमा जम्मा १२ जना चुनावी मैदानमा छन्।

एकल संक्रमणीय प्रर्णाली अनुसार भएको निर्वाचनमा चार जनाले पराजीत हुने छन्। एमाले र माओवादीको बहुमत भएको यस प्रदेशमा वाम गठनबन्धनसहित चुनावी अभियानमा होमिएका नेताहरु भने आफ्नो विजयी सुनिश्चित जस्तै भएको बताउँदै आएका छन्।

७९ वटा स्थानीय तह रहेको यो प्रदेशमा स्थानीय तहको २ हजार ८ सय ४४ र प्रदेशसभाको १ हजार ९ सय २० गरी जम्मा ४ हजार ७ सय ६४ मतभार छ।

यो पनि पढ्नुहोस

प्रदेश चारमा २ सय २९ मत खस्यो, ४ बजेपछि मतगणना

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?