प्रदेश चारमा २ सय २९ मत खस्यो, ४ बजेपछि मतगणना

प्रदेश चारमा २ सय २९ मत खस्यो, ४ बजेपछि मतगणना
+
-

कास्की-प्रदेश ४ मा राष्ट्रियसभा सदस्यका लागि निर्वाचनको मतदान सकिएको छ। मतदान सकिए पनि निर्वाचन नियम अनुसार मतदान केन्द्र भने दिउँसो तीन बजेसम्म नै खुला रहने निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीले जानकारी दिए।

राष्ट्रिय सभामा प्रदेश ४ बाट १२ जनाको उम्मेदवारले मनोनयन दर्ता गराए पनि बुधबार १० जना उम्मेदवारकाबीच निर्वाचन भयो। अल्पसंख्यक वा अपांगताबाट नेपाली काँग्रेसका प्रकाश पन्थ यस अघिनै निर्विरोध निर्वाचित भइसकेका छन्।

नेकपा एमालेका रामबहादुर थापाको उम्मेदावारी खारेजीसँगै पन्थ निर्वाचित भएका हुन् । यसले गर्दा उम्मेदवारको संख्या १० मा सिमित हुन पुगेको हो । जसमा ४ जना महिला, दुई जना दलित र ४ जना अन्य रहेका छन् । ७ जना आज निर्वाचित हुँदैछन्।

प्रदेश ४ मा ८५ स्थानिय तहका १ सय ७० जना प्रमुख उपप्रमुख र ६० जना प्रदेश सभा सदस्य गरी २३० जना मतदाता मध्ये प्रदेशसभा सदस्य भनिने राजिव गुरुङ बाहेक अरु सबैले मतदान गरेका छन्।

अदालतबाट जेल सजाँय सुनाईएका गुरुङ सपथ ग्रहण गर्न समेत आएका थिएनन्। क्षेत्रीय निर्वाचन कार्यालका प्रमुख गंगालाल सुवेदीका अनुसार बुधबार ४ बजे क्षेत्रीय निर्वाचन कार्यालय परिसरमा मतगणना सुरु हुनेछ।

सम्बन्धित समाचार 

प्रदेश ६ मा एक सय ९८ मत खस्यो, तीन बजेपछि मतगणना

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?