प्रदेश नं. ३ मा मुख्यमन्त्री प्रतिस्पर्धा : एमाले संसदीय दलको नेताका लागि शुक्रबार चुनाव

+
-

काठमाडौं – एमालेले ३ नम्बर प्रदेशले मुख्यमन्त्री एवं संसदीय दलको नेता सहमतिमा छनौट गर्न नसकेपछि चुनाव गर्ने भएको छ ।

केन्द्रले प्रदेशबाटै संसदीय दलको नेता तय गर्न अधिकार दिए पनि सहमित नजुटेपछि शुक्रबार काठमाडौंमा चुनाव हुने भएको हो । संसदीय दलको नेता नै स्वतः मुख्यमन्त्रीको उम्मेदवार हुनेछ । १ नम्बर प्रदेशको संसदीय दलको चुनाव पनि शुक्रबार नै तोकिएको छ ।

संसदीय दलको नेताका लागि उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र पोलिटब्यूरो सदस्य राजेन्द्र पाण्डे प्रतिस्पर्धामा छन् । शुक्रबार काठमाडौंमै संसदीय दलको नेताका लागि चुनाव गर्न लागिएको शाक्यले देश सञ्चारलाई जानकारी दिइन् ।

अर्का आकांक्षी पाण्डेले भने शुक्रबार संसदीय दलको नेताका लागि चुनावबारे अनभिज्ञता प्रकट गरे । एक सय १० सदस्यीय प्रदेशसभामा एमालेका ५८ जना सांसद छन् । संसदीय दलको नेतामा निर्वाचित हुन ३० जना सांसदको समर्थन चाहिन्छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?