राष्ट्रिय सभाको निर्वाचनलाई दुलहीझैँ सिँगारियो दिपायल

राष्ट्रिय सभाको निर्वाचनलाई दुलहीझैँ सिँगारियो दिपायल
+
-

धनगढी- राष्ट्रिय सभा सदस्यको चुनावका लागि दिपायल पुगेका प्रदेश सभा सदस्यलाई राजधानी माग्दै डोटीबासीले भव्य स्वागत गरेका छन्।

प्रदेश राजधानीको माग गर्दै दिपायलको सिलगढी बजार सिंगारिएको छ। डोटीको सिलगढीमा बुधबारबाट हुन लागेको राष्ट्रियसभाको निर्वाचनमा आउन लागेका प्रदेशभरिका प्रतिनिधिहरुको मन जित्न दिपायल सिलगढी दुलहीझैं सिंगारिएको छ।

ठाउँठाउँमा स्वागत गेट बनाइएका छन् भने ध्वजापताकाले दिपायल रंगिचंगी पारिएको छ। बजार क्षेत्रमा दमकल मार्फत पानी छर्केर सरसफाइ गरिएको छ।

प्रदेश सभाका निर्वाचनका लागि डोटी पुगेका प्रदेश सभा सदस्यहरुका लागि दिपायलवासीले मंगलबार रात्रीभोजको पनि आयोजना गरेका छन्।

निर्वाचनको सम्पूर्ण तयारी पूरा

यस्तै प्रदेश नम्बर ७ मा बुधबार हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिएका छन्।

निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्री सहित कागजात तथा सुरक्षा संयन्त्र तयार भइसकेको उनले जानकारी दिए।

खुला तथा महिला समुहमा ६ जना निर्विरोध भएका थिए भने अब २ जनाका लागि मात्रै निर्वाचन भईरहेको छ।

बहुमतीय पद्धतिबाट निर्वाचित हुने दलित समुह र अल्पसंख्यक अपाङ्गतर्फ दुई/दुई जनाको उम्मेदवारी परेपछि मतदान हुने भएको हो।

डोटीको सिलगढी स्थित पद्म पब्लिक मुक्ति नारायाण माबिमा मतदान स्थल तोकिएको छ।

प्रदेश नम्वर ७ मा २ सय २९ जनाले मतदान गर्नेछन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?