कांग्रेस सकिएको छैन: गच्छदार

कांग्रेस सकिएको छैन: गच्छदार
+
-

मोरङ- प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा पराजित हुदैमा कांग्रेस सकिन्छ भन्ने धारणा पाल्नु गलत हुने कांग्रेस नेताहरुले बताएका छन्।

विराटनगरमा मंगलबार आयोजिक प्रदेश नम्बर एकका जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गर्ने क्रममा नेताहरुले जनताको म्यान्डेटलाई आत्मसात गर्दै रचनात्मक प्रतिपक्षीको भूमिका खेल्नु पर्नेमा जोड दिएका छन्।

सम्मान कार्यक्रममा उपप्रधानमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदारले निर्वाचनमा पराजय भोग्दैमा कांग्रेस सकियो भन्ने दिवास्वप्न नदेख्न आग्रह गरे। उनले भने, राणा शासनकाल खण्डदेखि राजसंस्थालाई जनता सामू घुडा टेकाउन सफल कांग्रेसलाई कसैले सिध्याउन नसक्ने उल्लेख गरे।

पार्टी भित्रको चरम गुटउपगुटका कारण आफूहरु निर्वाचनमा पराजित भएको स्वीकारेका गच्छदारले भने, अब पार्टीलाई एक ढिक्का बनाएर अघि लैजान आफ क्रियाशील हुनेछु। त्यसैगरि, अर्का नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई पाखा लगाएर मुलुकको राजनीति अघि बढ्न नसक्ने उद्घोष गरे।

जनताले दिएको म्याण्डेट अनुसार पार्टी रचनात्मक प्रतिपक्षीका रुपमा रहनुपर्नेमा उनको जोड थियो। त्यसैगरि, पार्टी सभापतिको संभावनामा आंकिएका डा. शेखर कोइरालाले पार्टीलाई संगठित बनाउन एकताको आवश्यक्ता रहेको उल्लेख गरे।

कार्यक्रममा प्रदेश नम्बर एकमा कांग्रेसतर्फवाट महानगरपालिका, उप महानगरपालिका, नगरपालिका तथा गाउपालिका प्रमुख उपप्रमुख गरी कुल १ सय १७ जना जनप्रतिनिधीहरुलाई सम्मान गरिएको थियो । कांग्रेसको यो भेलाले बुधबार भोली हुने राष्ट्रिय सभा निर्वाचनमा पनि एक हुन आह्‍वान गरेको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?