प्रदेश २ को सभामा हिन्दी भाषा बोलेको भन्दै स्थानीयद्वारा आक्रोश

प्रदेश २ को सभामा हिन्दी भाषा बोलेको भन्दै स्थानीयद्वारा आक्रोश
प्रदेश २ को सभामा हिन्दी भाषा बोलेको भन्दै विरोधमा उत्रिएका स्थानीयहरु। तस्बिर-प्रतिभा झा/देश सञ्‍चार
+
-

जनकपुरधाम- प्रदेश नम्बर २ को प्रदेशसभामा सांसदहरुले हिन्दी भाषामा बोलेपछि जनकपुरका स्थानीय आक्रोशित भएका छन्।

मंगलवार स्थानीय युवाहरुले आइतवार सम्पन्न प्रदेशसभाको पहिलो बैठकमा सांसदहरुले हिन्दी भाषा बोलेको भन्दै राजपा र फोरमको विरोध गरेका छन्।

राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालका सांसदहरुले प्रदेश सभामा मातृभाषा मैथिली, भोजपुरी र अन्य मातृभाषालाई बेवास्ता गर्दै सम्पर्क भाषाको रुपमा रहेको हिन्दी भाषामा बोलेपछि स्थानीयहरु आक्रोशित भएका छन्।

‘मातृभाषालाई प्रयोग र वैदेशिक भाषालाई सम्मान गर’ भन्दै यहाँका स्थानीयले विरोध गरेको अभियन्ता सुशील कर्णले बताएका छन्।

जनकपुरको जानकीचोकका युवाहरुले मंगलबार विरोध गर्दै राजपा नेपाल र फोरम नेपालको पुत्ला समेत दहन गरेको छ।

पुत्ला दहनको क्रममा प्रहरीसँग केही बेर झडपको अवस्था देखिए पनि केहीबेरमा अवस्था समान्य भएको थियो।

परिवर्तनका लागि युवा अभियानका प्रतिनिधि बिट्टु पजियार सुरिको अध्यक्षता तथा रौशन यादवको अगुवाइमा नाराबाजीसहित पुत्ला दहन गरिएको हो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?