अधुरै भवनमा मुख्यमन्त्री कार्यालय

अधुरै भवनमा मुख्यमन्त्री कार्यालय
+
-

धनगढी – प्रदेश नम्बर ७ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय मंगलबार स्थापना हुँदैछ । यातायात व्यवस्था कार्यालयको नवनिर्मित भवनमा मुख्यमन्त्रीको कार्यालय रहने निर्णय भएबमोजिम कार्यालय स्थापना हुनेछ ।

नयाँ भवन निमार्णको काम नसकिँदै त्यहाँ मख्यमन्त्रीको कार्यालयको बोर्ड र नेपालको राष्ट्रिय झण्डा फहराएर कार्यालय स्थापना गरिनेछ ।

‘भवन निमार्णको काम हुदै गर्छ, हामी राष्ट्रिय झण्डा सहित मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय लेखिएको बोर्ड टाँगेर कार्यालय स्थापना गर्दैछौँ । तत्कालका लागि मुख्यमन्त्रीको कार्यकक्ष र मुख्यमन्त्री कार्यालयका सचिवको कक्ष तयार पारेका छौँ ।’

प्रदेश कार्यालय व्यवस्थापन समितिका सदस्य सचिव तथा शहरी विकास तथा भवन निमार्ण डिभिजन कार्यालय धनगढीका प्रमुख रवीन्द्र बोहराले जानकारी दिए । तर सोमबारसम्म मुख्यमन्त्री तथा सचिवको कार्यकक्ष पनि तयार पारेको देखिएको थिएन ।

मुख्यमन्त्रीको कार्यालय रहने भवनमा रंगरोगन, फर्निचर व्यवस्थापन लगायतका काम हुन बाँकी छ । तर मुख्यमन्त्रीले पदभार ग्रहण गर्ने दिनसम्म मन्त्रीपरिषदको कार्यालय निमार्णको काम पुर्ण रुपमा सक्ने गरी काम भईरहेको बोहराले दाबी गरे ।

क्षेत्रीय प्रशासकको आवासगृहमा मन्त्रीपरिषदका कर्मचारी

प्रदेश मन्त्रीपरिषदको कार्यालय संचालनका लागि सचिव लगायतका केही कर्मचारी धनगढी आईसकेका छन् । उनीहरु हाललाई जिल्ला प्रशासन कार्यालयमा रहेको क्षेत्रीय प्रशासकको आवासगृहमा बसेर काम गरिरहेका छन् ।

मंगलवार कार्यालय स्थापना भएपछि विधिवत रुपमा कार्य संचालन हुने मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव प्रदिपराज कँडेलले जानकारी दिए ।

सम्बन्धित समाचार 

मन्त्रालय व्यवस्थापन गर्न दौडधुप

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?