प्रदेश १ को पहिलो बैठकमा तीन प्रस्ताव पारित

प्रदेश १ को पहिलो बैठकमा तीन प्रस्ताव पारित
तस्बिरहरु: अभयकुमार राई
+
-

विराटनगर- प्रदेश नम्बर एकको प्रदेश सभा बैठकले विभिन्न तीन कुरालाई पारित गर्दै सम्पन्न भएको छ।

विराटनगरस्थित जिल्ला समन्वय समितिको भवनमा सोमबार दिउँसो एक बजेर २० मिनेटमा सुरु भएको बैठकले प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि, सभामुख उपसभामुखको निर्वाचन मिति र सहसचिव ध्रुब घिमिरेलाई संघीय संसद सचिवालय सचिवको अख्तियारी दिँदै बैठक सम्पन्न भएको हो। त्यसैगरी बैठक सम्पन्न गर्नेक्रममा जेष्ठ सभामुख ओमप्रकाश सरावगीले अर्को बैठक माघको २९ गते सोमबार बस्ने बताए।

ऐतिहासिक बैठकको सुरुआतमा प्रदेश सभासदस्यहरुले प्रदेशको सम्बृद्धका लागि एक हुनुपर्नेमा जोड दिएका थिए। एमाले सांसद भीम आचार्यले प्रदेश नम्बर एकको विकासमा साझा एजेण्डासहित विकासमा एक हुन आवश्यक रहेको बताए। उनले रोजगारी, पर्यटन, विदेशी मुद्रा आर्जन गर्न प्रदेश नम्बर एकका प्रचुर सम्भावना रहेको औँल्याउदै भने, ‘यहाँ मात्र प्रोत्साहनको कमी छ। सबै क्षेत्रमा प्रोत्साहन दिदै अघि बढे हामीलाई कसैले रोक्न सक्दैन।’

त्यसैगरी फोरम नेपालका सभासदस्य जयराम यादवले जनमतको कदर गर्दै बहुमत प्राप्त सरकारलाई सफल नेतृत्व गर्न शुभकामना दिए। उनले सबैलाई एक भएर कार्य गर्न सुझाव पनि दिए।

करिब ४५ मिनेटसम्म चलेको बैठकमा नेपाली कांग्रेसबाट चन्द्रबहादुर श्रेष्ठ, संघीय लिम्बूवान राष्ट्रिय मञ्चबाट विष्णुमाया तुम्बाहाम्फे, राप्रपाबाट इन्दिरा राई र स्वतन्त्रबाट नारायणबहादुर मगरले शुभकामना मन्तब्य राखेका थिए।

सुरुमा प्रदेश प्रमुख गोविन्द सुब्बाले संसद बैठक सुरु गर्न पठाएको पत्र सरवागीले पढेर सुनाएका थिए। बैठकले माघ २९ गते सभामुख र उपसभामुखको निर्वाचन गर्ने निर्णय गरेको छ। सो क्रममा प्रदेश सभा कार्यसञ्चालन अन्तरिम कार्य विधि पनि पारित गरेको छ।

अर्कोतर्फ बैठकले सहसचिव ध्रुव घिमिरेलाई संघीय संसद सचिवालय सचिवको अख्तियारी पनि दिएको छ। प्रदेश १ मा कुल ९३ जना सांसद छन्। यसमा एमालेबाट ५१, कांग्रेस २१, माओवादी केन्द्र १६, संघीय समाजवादी फोरम ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट समान एक जना सांसद छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?