प्रदेश ४ को पहिलो बैठक आज

प्रदेश ४ को पहिलो बैठक आज
+
-

कास्की- प्रदेश प्रमुख बाबुराम कुवँरको आह्वानमा प्रदेश चारको पहिलो संसदीय बैठक बस्दैछ।

बिहान ११ बजेबाट सुरु हुने बैठकक लागि आइतबार सांसदहरुले रियलसल अभ्यास समेत गरे। शनिबार सर्वदलीय छलफलके बैठकको प्रारम्भिक खाका तयार गरेको थियो।

बैठकमा ११ सांसदले बक्तब्य दिनेछन् । एमालेबाट पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ र सिर्जना शर्माले बोल्ने तय भएको छ।

त्यसैगरी नेपाली काँग्रेसको तर्फबाट कृष्णचन्द्र नेपाली, दोवाटे विश्वकर्मा र ललितकला गुरुङले बोल्ने छन्। नेकपा माओबादी केन्द्रबाट हरिबहादुर चुमान, नेत्रनाथ अधिकारी र गायत्री गुरुङले तथा जनमोर्चाबाट कृष्ण थापाले आफ्नो धारणा राख्नेछ्न ।

आतबार बसेको जनमोर्चाको बैठकबाट उनी संसदीय दलको नेतामा समेत चयन भएका थिए। नयाँ शक्तिबाट हरिशरण आचार्यले पहिलो बैठकमा आफ्ना भनाई राख्‍ने छन्। सचिवालयबाटै एक महिला सांसद सहित एमाले, काँग्रेस र माओबादीबाट ३/३ जना तथा जनमोर्चा र नयाँ शक्तिबाट १/१ जना सिफारिस गरिएको दलहरुले बताएका छन्। सबै दलका लागि बढीमा १ घण्टाको बोल्ने समय निर्धारण गरिएको छ। सवा घण्टामा सकिने प्रदेश सभामा सासदहरुले एक घण्टामा भनाई राखिसक्ने सहमति जुटेको छ।

प्रदेशका प्रमुख सचिव लक्ष्मण अर्यालले भने ,’पहिलो बैठक एतिहासिक रूपमा भब्य रुपमा सम्पन्‍न गर्न सम्पूर्ण तयारी पूरा भएको छ।’बैठकमा सभामुखको अनुपस्थितिमा कुर्सी खाली नगर्न सबै दलको सहमतिले कार्य ब्यवस्थापन समिति गठन गरेको छ । समितिमा पाँचवटै दलबाट १/१ जना छन्।

दलहरुकै सिफारिसका आधारमा समिति गठन भएको प्रदेश सचिवालयको भनाई छ। समितिका लागि पनि सबै दलले आफ्ना प्रतिनिधिको नाम टुंग्याएका छन्। एमालेबाट मित्रकुमारी गुरुङ सुवेदी, काँग्रेसबाट मनकुमारी गुरुङ, माओबादीबाट गायत्री गुरुङ, जनमोर्चाका टेकबहादुर घर्ती र नयाँ शक्तिबाट धनमाया पोखरेल लामा समितिमा बस्‍ने छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?