प्रदेश नं २ : शहीदको तस्बिर नराखेको भन्दै बैठक केहीबेर अवरुद्ध

प्रदेश नं २ : शहीदको तस्बिर नराखेको भन्दै बैठक केहीबेर अवरुद्ध
+
-

जनकपुरधाम – प्रदेश नम्बर २ को प्रदेशसभाको पहिलो बैठकमा शहीदको तस्बिर नराखेको भन्दै विवाद भएको छ । विवादका कारण बैठक केहीबेर अवरुद्ध भएको छ ।

प्रदेश २ को प्रदेशसभाको पहिलो बैठकमा मधेस आन्दोलनका शहीदको फोटो नराखिएको प्रति सदस्यले हल्ला मचाउँदा बैठक केही बेर अवरुद्ध भयो ।

बैठक सुरु हुनासाथ राजपाका सांसदले मधेस आन्दोलनका शहीदका तस्बिर नराखेको भन्दै आपत्ति जनाउँदै प्रदेशसभाको बैठक अवरुद्ध गरेका थिए । पहिलो बैठक सुरु हुनासाथ राजपा सांसद मनिष सुमनले मधेस आन्दोलनका शहीदको फोटो राख्न माग गर्दै विरोध गरेका थिए ।

‘सभामुखको आसन अगाडि जनआन्दोलनका शहीदको तस्बिर राखिएको छ तर त्यहाँ मधेस आन्दोलनका सहिदको तस्बिर किन राखिएन’ भन्दै सुमनले आपत्ति जनाए ।

लगत्तै राजपा सांसद डिम्पल झाले मधेसका सहिदको तस्वीर नराखेसम्म बैठक अघि नबढ्ने बताएछि सदस्यहरु आआफ्नो स्थानबाट उठे ।
एमाले र मधेस केन्द्रित दलको वेग्लावेग्लै विरोधले संसद बैठकको प्रारम्भमै हंगामा हुने संकेत दियो ।

तर जेष्ठ सदस्यको हैसियतमा सभा चलाइरहेका ललन चौधरीले अर्को बैठकमा मधेस आन्दोलनका शहीदको तस्बिर राख्न रुलिङ गरे । योसँगै मधेस केन्द्रित दलहरु बैठक अघि बढ्न दिन तयार भए ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?