प्रदेश ४ पहिलो बैठकको खाका तयार

प्रदेश ४ पहिलो बैठकको खाका तयार
+
-

पोखरा- प्रदेश नं. ४ को माघ २२ गते बस्ने संसदको पहिलो अधिवेशनको तयारी शनिबार सर्वदलीय बैठक सम्पन्न भएको छ। उक्त बैठकले २२ गतेको कार्यक्रमको खाका बनाएको छ।

बैठकमा प्रदेश प्रमुखबाट प्राप्त पत्र सभामुखले बाचन गरेर सुनाउने छन्।

लगत्तै प्रदेश सभा सञ्चालनको अन्तरिम कार्यविधि पारित हुनेछ। साथै बैठकले सभामुखको अनुपस्थितिमा अर्को सभामुख र उप सभामुखको निर्वाचन नहुँदासम्म संसद सञ्चालनका लागि अध्यक्षमण्डल पनि बनाउने निर्णय भएको छ।

दलहरुबाट एक एक जनाको उपस्थिति रहने छ। अध्यक्ष मण्डलमा को को रहने भन्ने बिषय दलहरुबाट प्रतिनिधित्व गर्नेको नाम प्राप्त भएपछि टुंगो लगाइने सहजीकरणका लागि आएका सहसचिब जीवराज बुढाथोकीले जानकारी दिए।

२२ गते नै सभामुख र उपसभामुखको निर्वाचनको मिति भने नतोकिने बुढाथोकीले बताए। प्रदेश सभाको दोस्रो र तेस्रो बैठक क्रमश: फागुन ३ गते र फागुन ६ गते बस्ने गरी तयारी समेत अघि बढेको बैठकमा सहभागी एमाले सांसद पृथ्वी सुब्बा गुरुङले बताए। उनका अनुसार पहिलो ऐतिहासिक बैठक सहज रुपले सञ्चालन गर्ने गरी वातावरण तयार भएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?