फेरि पनि मुहार फेर्न सक्छौं काठमाडौंको

फेरि पनि मुहार फेर्न सक्छौं काठमाडौंको
+
-

सानो छँदा काठमाडौंबारे मेरो स्मृतिपटलमा अर्कै चित्र थियो। एउटा स्वच्छ र सुन्दर शहरको शान्त बागमती नदी वरिपरी या युकालक्टसका रुखहरु दुईतिर उम्रिएका। सडकमा पैदल यात्रा या रमाइला पसलहरुमा किनमेल, अझ हँसिला मानिसहरुसँको भेटघाट नै दिन चर्या हुने गर्थ्यो।

स्मृतिपटलमामैले चिनेको काठमाडौं त एउटा अनुपम प्राकृतिक ‘पार्क’ जस्तो थियो, जसको छातीमा हामी खुशीले साइकल चलाउँथ्यौँ, स्केट गर्थ्यौ या बाक्लो झाडीहरुमा खेल्ने सेता फूलहरुको माला उन्‍ने काम गर्थ्यौ। यो आकर्षक शहरको पहिचान नै सौन्दर्य र आनन्द थियो।

तर, आज ! काठमाडौं र बेथिति एक अर्काका पर्याय बनेका छन्।’ जनयुद्ध’ त्यसका कारण होला, शहरमा अनियन्त्रित संख्यामा मानिसहरु भित्रिएका छन्। त्यसका कारण आवादी अन्यत्र भन्दा सघन बन्न पुगेकाे छ।अनि काठमाडौं धुलाम्मे सडक र सवारी हलचल तथा हो-हल्लाको थलो बनेको छ।स्मृतिपटलमा

सायद यो अव्यवस्थित निर्माणस्थल या ठाउँठाउँमा छरिएका अनि प्लाष्टिकका थैला र बोतल मिसिएका फोहोरका डंगुरकै कारण हो कि म घरबाट त्यति बाहिर निस्कन चाहन्न। ती गल्लीहरु (जहाँ केटाकेटीमा हामी माथि/तल दौडिन्थ्यौ)ले खासै आकर्षित गर्दैनन् मलाई।

भूकम्प शायद त्योभन्दा नराम्रो दिनमा आउन सक्थेन होला नेपालका लागि। भनिन्छ, मान्छेहरु भूकम्पका कारण हैन, ढलेका घरहरुमा थिचिएर मरे। नेपाल भूकम्पीय क्षेत्रमा पर्दछ। त्यसैले यदि आवश्यक सुरक्षा स्तरीयतालाई वेबास्ता गर्दै पुन:निर्माण गरेर मात्र हामी वास्तवमा सुरक्षित हुन सक्दैनौँ।

अनि हामीलाई सुरक्षित अनुभूति गराउने दायित्व कसको त? काठमाडौं शहरको स्वामित्व कस्को ? अझै पनि नेपालका नगरपालिकाको भाग्य सुनिश्चि्त कसले गर्ने ? यो जिम्मा राजनीतिज्ञ, सम्वर्द्धक, प्रगतिशील, निजी लगानीकर्ता, शेयर दलाल, आर्थिक समूह या जनता स्वयममा कस्को हो?

स्मृतिपटलमासामान्यता: शहरी विकासको जिम्मेवारी स्थानीय सरकारको हुन्छ। तर, अक्सर आर्थिक, प्राविधिक तथा मानव स्रोत अभावका कारण शहरी विकास योजनाका कारण जटिलता उत्पन्‍न हुन्छ।त्यस्तै शहरी विकासमा स्थानीयको संलग्न्ता आवश्यक हुन्छ। स्थानीय बासिन्दा आफ्नो आवश्याकताबारे स्पष्ट हुँदै भविष्यमा आफूलाई प्रभावित गर्ने निर्णयमा उनीहरुले आफ्नो सहभागिता सुनिश्चि त गर्नुपर्ने हुन्छ।

अनेकौं पल्ट मानिसले सहकार्यद्वारा आफ्नो प्रदर्शन गरेका छन्। नेपाल ठप्प समेत पारेका छन्। हामीले थुप्रै विरोध प्रदर्शन र सडक आन्दोलनबारे सुनेका छौं। तर, अब समय आएको छ कि त्यो संगठित शक्ति समुदायको पक्षमा प्रयोग गरिनुपर्छ चाहे त्यो बागमती सफाइ होस् या हैसियतबिहीन बालबालिका तथा वद्धवृद्वाराको सेवा कार्य होस्। हामीसँगै एकै ठाउँमा उभिनुपर्छ, समस्यासँग जुध्‍न। समस्या औल्याएर मात्र हाम्रो दायित्व पूरा हुँदैन।

स्मृतिपटलमाकाठमाडौं दक्षिण एसियाकै द्रुत गतिमा फैलिँदो महानगरपालिका हो। तर, त्यसको वृद्धि योजनागत रुपमा भइरहेको छैन। अर्थात अनियन्त्रित छ त्यो वृद्धि। जनसंख्या वृद्धिले अपराध दर पनि बढेको छ। स्थानीय अर्थतन्त्र र अन्तरसमुदाय सम्बन्धलाई समेत त्यसले प्रभावित गर्ने छ प्रत्यक्षरुपमा।

महानगरीय निगरानी एउटा सहज उपाय होला त्यसलाई सम्बोधन गर्न तर त्यो पर्याप्त हुँदैन। तर सबै सरोकारवाला अर्थात स्थानीय सरकार, प्रहरी, स्वास्थ्य संरक्षण, संस्थाहरु महानगरीय निकाय र जनता सबै मिलेर जिम्मेवारी बाँडफाँड गनुपर्छ। उनीहरुका विचारबाट समस्याको दीर्घकालीन समाधान र अझ नयाँ पद्धति विकसित हुन सक्छन्।

सामूहिक रुपमा हामीले शहरी क्षेत्र विकासका ढाँचा, पिउने र अन्य कामका लागि प्रयोगमा ल्याइने पानी विकास योजना, नदीहरुको सम्वर्द्धन, ग्रामीण तथा सहरी क्षेत्रमा पनि निर्माणसँगै प्राकृतिक तथा वातावरणीय महत्वका क्षेत्र संरक्षणमा हामी लाग्‍नेपर्छ।

यी योजनाको कार्यन्वयन र व्‍यवस्थापन एकातिर र नीति निर्माण तथा आमपरामर्श सँगसँगै अगाडि बढ्न सक्छन।

अन्तमा हाम्रा सम्पदालाई सम्मान गर्नैपर्छ हामीले। हाम्रा पुराना सम्पदा संरक्षण एकदम कुरा हो। हामी कहाँबाट आयौ र हाम्रो गन्तव्‍य के ? त्यसको निर्धारण पनि यसैले गर्नेछ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?