प्रदेशसभा सञ्‍चालन तयारीका लागि संसद सचिवालयको टोली पोखरामा

प्रदेशसभा सञ्‍चालन तयारीका लागि संसद सचिवालयको टोली पोखरामा
+
-

कास्की- प्रदेश सभाका लागि माघ २२ गते ११ बजे डाकिएको पहिलो बैठकका लागि प्रदेशसभा हलको डिजाइन कस्तो बनाउने, कुन कुन संरचना कसरी निर्माण गर्ने, बैठकको सुरुवात कसरी गर्ने भन्‍नेबारेमा ४ सदस्यीय संसदीय टोली पोखरा आईपुगेको छ।

प्रदेशसभास्थल, प्रदेशसभा सचिवालय, मुख्यमन्त्रीको कार्यालय, मन्त्रालय, विभिन्न विभाग निर्माणको सहजीकरणका लागि सहसचिव जीवराज बुढाथोकी, उपसचिव गोपाल सिग्देल, अधिकृत अनन्त कोइराला र प्राविधिक सहायक सुदर्शन गौतमको टोली पोखरा आईपुगेको हो।

सह सचिव जीवराज बुढाथोकीको नेतृत्वमा टोलि पोखरा आइपुगेको हो । बुढाथोकी अनुसार अब सर्वदलीय बैठक बसेर संसद सञ्चालन कसरी अगाडि बढाउने भन्ने टुँगो लगाउने र प्रदेश संसद सञ्चालन सम्बन्धी अन्तरिम कार्यविधिबारे दलका प्रतिनिधिहरुसँग बैठकमा छलफल हुनेछ । उक्त कार्यविधि पारित भए त्यसै अनुसार संसद सञ्चालन हुने उनले जानकारी दिए।

प्रदेश सभाको संसद सचिवालयका लागि आवश्यक प्राविधिक र अन्यसामाग्री बन्दोबस्तीकालागि क्षेत्रीय प्रशासक तथा प्रदेश प्रमुख सचिव अर्याललाई ताकेता गरेको बुढाथोकीले जानकारी दिए।उक्त टोलीले प्रदेश सभा हलमा फर्निचर सेटिङ कसरी गर्ने पत्रकार, पर्यवेक्षक मर्यादापालक लगायतका लागि कहाँ कहाँ कसरी के के कुरा निर्माण गर्ने भन्ने निक्यौले गर्ने छ।

बैठकलाई प्रदेश प्रमुख बाबुराम कुँवरले संबोधन समेत गर्नेछन्। बुढाथोकीले अन्तरिम प्रदेश सभास्थल लगायतको ब्यवस्था उपयुक्त भएको जानकारी दिए। ‘सभास्थल पुगेर हेर्यौ, तत्कालकालागि काम चल्ने देखियो’ उनले भने ‘अब प्रदेशसभा बैठकको तयारी र त्यसका लागि आवश्यक पूर्वाधार तथा सामग्री जुटाउन हामी लाग्‍नेछौं।’

यो टोलीले यहाँका अरु कर्मचारीलाई तालिम दिनेछ । १५ दिनदेखि १ महिनासम्म पोखरा नै बसेरे अन्य कर्मचारीलाई संसदीय अभ्यास गराएर फर्कने उनले बताए। केन्द्रीय संसदमा जस्तै यहाँ प्रदेश संसदको पनि भौतिक पूर्वाधार निर्माण गरिने उनले जानकारी दिए।

सबैभन्दा अगाडि ड्यासमा सभामुख, त्यसैको दायाँ छेउमा सांसद बोल्ने पोडियम, सभामुखको ड्यास अगाडि दायाँपट्टि सत्तापक्ष र बायाँ पट्टि प्रतिपक्षका सांसद बस्ने र कर्मचारी पत्रकार लगायतलाई छुटटै ठाउँ ब्यवस्थापन गर्ने तयारी गरिएको छ।

बैठक शुरु हुनु पहिले नै जनाउ घन्टी बजेपछि सांसद हलभित्र प्रवेश गरी सभामुख तोकिएका ज्येष्ठ सदस्य ड्यासमा पुगेपछि राष्ट्रिय धुन बजाएर बैठक सुरु गरिनेछ । बैठकमा संसदको आन्तरिक व्यवस्थापन कार्यविधि ग्रहण गरेलगत्तै सभामुख तथा उपसभामुख निर्वाचनको मिति तोकिनेछ।

पहिलो बैठकको १५ दिनभित्र सभामुख तथा उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। संसदको अभ्यासका लागि पनि पहिलो र दोस्रो बैठकमा सांसदलाई पनि बोल्न दिने गरी तयारी थालिने टोलीले जनाएको छ । प्रदेशसभाको बैठक बस्नुभन्दा ३ ÷४ दिन अगाडि नै सर्बदलीय बैठक बसेर कार्यसूची तयार गरिने टोलीले जानकारी दिएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?