प्रदेश नम्बर १ मा अल्पसंख्यक र दलितकोटामा मात्रै निर्वाचन हुने

+
-

विराटनगर – राष्ट्रियसभा सदस्यका लागि प्रदेश नम्बर एकबाट खुल्ला तथा महिलामा उम्मेदवारी दिएका ६ जना निर्विरोध निर्वाचित भएका छन् ।

८ जना राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचन प्रक्रियामा एकजनाको मात्रै उम्मेदवारी परेकाले महिलातर्फ ३ र खुल्लातर्फ ३ जना निर्विरोध निर्वाचित भएको प्रदेश नम्बर एक मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार एमालेतर्फ उम्मेदवार खड्ग बस्नेतले उम्मद्ेवारी फिर्ता लिएपछि खुल्लातर्फ तीनजना निर्विरोध भएका हुन् ।

यसअघि बस्नेतसहित अन्य तीनजनाको उम्मेदवारी परेको थियो । जसमा नेपाली कांग्रेसका रमेशजंग रायमाझी, एमालेका पर्शुराम मेघी गुरुङ र हरिचरण शिवाकोटी निर्विरोध निर्वाचित भएका हुन् ।

त्यसैगरी मनोनयन दर्ताका क्रममा महिलातर्फपनि तीनजना उम्मेदवार निर्विरोध भएका थिए । जसमा एमालेकी नैनाकला ओझा, कांग्रेसबाट सरिता प्रसाई र माओवादी केन्द्रबाट बीना पोखरेल राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

यसैबीच माघ २४ हुने निर्वाचनमा अब, अल्पसंख्यक र दलित कोटाका लागि मात्र मतदान हुनेछ । राष्टियसभा सदस्यका लागि प्रदेश नम्बर एकबाट ९३ प्रदेशसभा सदस्यसहित १ सय ३७ स्थानीय तहका प्रमुख र उपप्रमुखगरी २ सय ७४ मतदाता छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?