मर्यादाक्रम निर्धारण गर्न गाउँपालिका महासंघको माग

मर्यादाक्रम निर्धारण गर्न गाउँपालिका महासंघको माग
+
-

सुर्खेत- गाउँपालिका महासंघ प्रदेश नम्बर ६ ले जनप्रतिनिधिहरुको मर्यादाक्रम निर्धारण गर्न माग गरेको छ। स्थानीय तहका अध्यक्ष र उपाध्यक्षहरुको मर्यादाक्रम अपमानजनक भएको ठहर गर्दै महासंघले सरकारलाई मर्यादाक्रम निर्धारणका लागि माग गरेको हो।

गाउँ/नगरबीचको वरियतामा मतभेद भएको भन्दै महासंघले नगरपालिका सरह गाउँपालिकाको मर्यादा कायम गर्न आग्रह गरेको हो।

६ नम्बर प्रदेशको अस्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भएको महासंघको प्रदेश भेलाले उचित सम्मानजनक (नगरपालिकाका प्रमुख र उपप्रमुख सरह) मर्यादाक्रम निर्धाण गर्न आग्रह गरेको हो। यस्तै, गाउँपालिकामा कर्मचारी अभावका कारण प्रभावकारी रुपमा सेवा दिन नसकिएकाले तत्काल कर्मचारी व्यवस्थापन गरिदिन समेत आग्रह गरिएको छ।

साथै, भेलाबाट गाउँपालिका सञ्चालनका लागि विभिन्न नितीहरु बनाइएको गाउँपालिका महासंघका अध्यक्ष कविन्द्रकुमार केसीले बताए।

तीन दिनसम्म भएको भेलाले गाउँपालिकाबाट भएका निती, कार्यक्रमको चौमासिक रुपमा सार्वजनिक गर्ने, आर्थिक वर्ष २०७५/७६ बजेट, नीति तथा कार्यक्रम निर्माण गर्दा बस्तुगत विवरण तथा गुरु योजना असार १० गते भित्र व्यवस्थापीकामा बुझाउने लगायतका नीति निर्माण गरेको छ।

गाउँपालिकाले सार्वजनिक सुनुवाइ, सामाजिक लेखा परिक्षणलाई पारदर्शी बनाउने, जनतालाई साँच्चिकै सिंहदरबार गाउँमै आएको महसुस दिलाउने गरी विधिवत ढंगले काम गर्न आवश्यक निती निर्माण गरिएको हो। भेलामा कृषि विज्ञ कृष्णप्रसाद पौडेल, शिक्षाविद् टिका भट्टराई, संघीय मामिला विज्ञ काशिराज दाहालले सहजीकरण गरेका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?