नेपाली चियाले पाउने भयो अब ‘ट्रेड मार्क’

नेपाली चियाले पाउने भयो अब ‘ट्रेड मार्क’
+
-

विर्तामोड- नेपालका पूर्वी पहाडी भेगमा उत्पादित तयारी अर्थोडक्स चियाको व्यापारिक चिन्ह पाइने भएपछि चिया क्षेत्रमा उत्साह जागेको छ। छिमेकी देश भारतको दार्जिलिङको चियाले विश्व बजारमा ख्याति कमाएपछि नेपालको उत्पादन ओझेलमा पर्दै गएको अवस्थामा नेपालको चियाले पहिलोपटक व्यापारिक चिन्ह पाउन लागेको हो।

तीन वर्षअघि उद्योग विभागमा दर्ता गरेको उक्त व्यापारिक चिन्ह अब उद्योगी व्यवसायीहरुले पाउने चरणमा पुगेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले जानकारी दिए।

उनले भने, ‘यो चिन्हको सम्पूर्ण स्वामित्व बोर्डमा रहनेगरी हामीले अब व्यवसायीहरुलाई वितरणको प्रक्रियामा गएका हौं।’

उक्त चिन्ह आन्तरिक र बाह्य बजार प्रवर्द्धनका लागि हुने उनको भनाइ छ। गौतमले थपे, ‘चिन्ह पाएपछि नेपालको चिया एउटै ब्रान्डबाट बजारमा आउनेछ।’

नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४ तयार भएपछि नेपालको उत्पादनको आधिकारिक व्यापारिक चिन्ह कार्यान्वयनमा आएको हो। बोर्डका कार्यकारी निर्देशक गौतमका अनुसार उद्योगीले चिन्ह प्राप्त गर्नका लागि बोर्डमा निवेदन दिनुपर्ने छ।

व्यवसाय गर्नेहरुले निवेदन दिएपछि निर्देशिका अनुसार चियाको उत्पादन छ कि छैन भनेर हेर्नका लागि बनाइएको समितिले निर्णय गरेपछि चिन्ह उपलब्ध गराइने गौतमले बताए।

व्यापारिक चिन्ह सेतो वा कालो रंगको पृष्ठभूमिमा खरानी वा सेतो रंगले दुईवटा हिमालको आकारसहित अङ्ग्रेजीमा ‘नेपाल’ अनि हरियो रंगले ‘टि’ अर्थात चिया र त्यसको ठीक मूनि खरानी वा सेतो रंगले ‘क्वालिटी फ्रम द हिमालयज’ लेखिएको हुनेछ।

कार्यविधिको प्रावधान अनुसार चियामा सायनिक विषादी प्रयोग भएको हुन नुहने, चिया मजदुरहरुले चिया टिप्दा कस्ता साधन प्रयोग गरेका छन्, टिपेर समयमा कारखानामा पुर्‍याएका छन् कि छैनन् भन्ने कुरा हेरिनेछ।

छिमेकी देश भारतको दार्जिलिङको चियाले विश्व बजारमा ख्याति कमाएको तर नेपालको चिया भारतकै मन्डीहरुमा लगेर सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यताका माझ व्यापारिक चिन्हले अन्तर्राष्ट्रिय बजारमा नेपालको चियाले स्थान पाउने चिया उद्योगी बुद्ध तामाङको भनाइ छ।

अहिले जुन जुन देशहरुमा नेपाली व्यवसायीले आफैंले चिया निर्यात गरिरहेका छन्, ति देशहरुमा सरकारले तुरुन्त व्यापारिक चिन्ह दर्ता गरिदिने राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जानकारी दिएको छ। नेपालमा बार्षिक करीब ५० लाख केजी अर्थोडक्स चिया उत्पादन हुने गरेको छ।

चिया किसानलाई छैन सहुलियतको ऋण

अन्य कृषिबालीका लागि सरकारले सहुलियत व्याजदरको ऋण उपलब्ध गराउने गरेको भए पनि चियाबालीका लागि सरकारले त्यो सुविधा दिएको छैन। जसका कारण चिया क्षेत्रमा संलग्न हजारौं किसान उक्त सहुलियत ऋण लिनबाट बञ्चित भएका छन्।

अन्य कृषि बालीका लागि सहुलियत व्याजदरको ऋण उपलब्ध भए पनि चियाबालीका लागि उक्त सुविधा नभएकाले आफूहरुलाई सरकारले भेदभाव गरेको चिया किसान तथा उद्योगीहरुले बताएका छन्। धान, गहुँ लगायत कृषिबालीमा सरकारले ५ प्रतिशत व्याज अनुदान दिने गरेको छ। हजारौं किसान आबद्ध चियाबालीलाई सहुलियत व्याजदरको उक्त ऋण उपलब्ध गराइनुपर्ने किसानहरुको माग छ।

झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम लगायत चिया उत्पादन हुने जिल्लाहरुमा १५ हजार भन्दा बढी चिया किसान चिया उत्पादनमा संलग्न छन्। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा १४ हजार ७ सय ३२ चिया बगान छन्।

झापा नेपालमा सबभन्दा चिया उत्पादन गर्ने जिल्ला हो। तर न त चिया बगानले सरकारको कृषि सहुलियत दरको ऋण पाएका छन् न चिया किसानहरुले।

झापाका एकजना साना चिया किसान कृष्ण पोखरेलले भने, ‘चिया निर्यातजन्य कृषि उपज भएकाले किसान उत्पादनमा प्रोत्साहन गर्न पनि सहुलियत व्याजदरको कृषि उपलब्ध गराइनुपर्छ। यसले किसान, उद्योगी तथा राष्ट्रलाई नै फाइदा गर्छ।’ उनले सरकारको यो भेदभावपूर्ण व्यवहारले चिया किसानहरु बर्षौंदेखि मारमा परेको बताए।

कृषिजन्य बस्तु उत्पादनका लागि बैंकहरुबाट सहुलियत दरको ऋण अन्य कृषि बालीलाई दिइने गरिएको छ। १० प्रतिशत ब्याज दरमा ऋण लिइएको छ भने उक्त ब्याज दरमा सरकारले ५० प्रतिशत अनुदान दिन्छ। तर सरकारले चिया क्षेत्रलाई उक्त अनुदान उपलब्ध नगराएकाले आफूहरु भेदभावको शिकार भएको एकजना चिया उद्योगी चण्डी पराजुलीको भनाइ छ। उनले भने, ‘धान, गहुँ, उखु, माछालाई दिने चियालाई किन नदिने? कि सरकारले कृषि बाली होइन चिया भन्नुपर्यो।’

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?