गाेम्बे जो तीन ठुला गोलीकान्डका सुटर थिए

+
-

काठमाडौं– नेपाल निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचन हत्याका मुख्य सुटर श्याम गाेम्बे गुरुङ पक्राउ परेका छन्। प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले ३२वर्षिय गाेम्बेलाई चितवनबाट पक्राउ गरेको हो।

चार वर्षअघि नेपाल आर्मीको जागिर छाडेका गाेम्बे पछिल्ला तीन ठुला गोलीकान्डका मुख्य सुटर थिए। रुपन्देहीमा एक वर्षअघि भएको दुर्गा तिवारी हत्याकान्डमा मुख्य सुटर रहेका गाेम्बे त्यसपछि काठमाडौंको गौरिघाटमा दावा लामालाई भएको गोली प्रहारमा पनि संलग्न थिए। त्यतिबेला उनी एक्लैले दावालाई गोली प्रहार गरेकाे प्रहरी दाबी छ।

गाेम्बेकाठमाडौंको शान्ती नगरमा गौचनलाई गोली हानी हत्या गरिएको घटनामा उनी नै मुख्य सुटर रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। गौचनलाई दुइ राउन्ड गोली लागेको थियो जसमा दुवै गोली फरक फरक पेस्तोलबाट निस्किएका थिए। प्रहरीले उक्त घटनामा सुटर भएको आरोपमा यसअघि नै राजिव स्याङतानलाई पक्राउ गरेको छ।

घटनाका मुख्य योजनाकार समिरमानसिंह बस्नेतलाई सीआइबीले यसअघि नै पक्राउ गरिसकेको छ। बस्नेतसहित अन्य १० जना पनि पक्राउ परेका थिए । दुर्गा तिवारी हत्याकान्डमा फरार मनोज पुनको नजिक रहेका गाेम्बेले पछि समिरमानको निकट भएर काम गर्थे।

सीआईबी स्रोतका अनुसार पछिल्लो समय समिरमानसिंह बस्नेत समुहबाट मनोज पुन अलग छन्। केही साताअघि रुपन्देहीमा भएको ब्यवसायी बसन्त पौडेलको हत्यकान्डमा भने गुम्बेको संलग्नता थिएन। उक्त घटनाको जिम्मा मनोज पुनले लिएका थिए।

प्रहरीका अनुसार पथलैया घर भएका गाेम्बेले इलामको काजिध्वज गणमा रहेका बेला आर्मी छाडेका थिए। गौचन हत्याका बेला घटनास्थलमा कम्तिमा सात जना अभियुक्त रहेको अनुसन्धानबाट खुलेको छ। लाेप्साङ लामा, ग‌गा प्रकाश लिङ्देन, अमरबहादुर रानामगर, राेशन बुढाथाेकी र अजय थापा अझै फरार छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?