बाँकेको नरैनापुरमा गाउँपालिकामा बैंक

बाँकेको नरैनापुरमा गाउँपालिकामा बैंक
+
-

बाँके – एक स्थानीय तहमा एक बाणिज्य बैंकको नीति अनुरुप बाँकेको नरैनापुर गाउँपालिकामा आइतबार सनराइन बैंकको शाखा खोलिएको छ ।

जिल्लाको ‘कर्णाली’ भनिने दक्षिणपूर्वी क्षेत्र नरैनापुर गाउँपालिकामा बैंक पुगेपछि स्थानीयहरु हर्षित भएका छन् । बैंकको उदघाटन गर्दै गाउँपालिकाका प्रमुख इस्तियाक अहमद साहले विकासको लहर अघि बढेको बताए ।

गाउँपालिका प्रमुख साहले द्रुतगतिमा काम भइरहेको हुलाकी सडक, विद्युतीकरणको प्रयाससँगै गाउँपालिकामा आएको बैंकले विकासको ढोका खोलेको बताए ।

‘५० वर्षमा नभएका कामहरु हामीले सुरुवाति चरणमै पूरा गर्दैछौं, गाउँपालिका प्रमुख साहले थपे, पाँच वर्षभित्र विकासमा गाउँपालिकाको कायापलट गर्छौ ।’

बैंक उद्घाटनमा जम्मा भएका अभिभावकसँग उनले आफ्ना बच्चाहरुलाई स्कूल पठाउन जोड दिए । नरैनापुर साक्षरतामा अति नै पछाडि रहेको छ ।

राष्ट्र बैंक, नेपालगञ्जका क्षेत्रीय निर्देशक गुरुप्रसाद पौडेलले बैंकहरु गाउँमा पुग्दा स्थानीय जनतालाई आर्थिक कारोबारमा धेरै सहज हुने बताए ।

‘विदेशबाट आएको पैसा झिक्न, बचत गर्न, लोन लिन स्थानीयलाई धेरै सहज हुन्छ, क्षेत्रीय निर्देशक पौडेलले थपे, घरआँगनमै बैंक आएकाले अब यहाँका मानिसलाई नेपालगञ्ज या भारतका शहरमा पैसा राख्न या झिक्न जानु पर्दैन ।’

चुनौती मोलेर नयाँ ठाउँमा जाने बैंकलाई राष्ट्र बैंकले केही सुविधाहरु दिएको छ । राष्ट्र बैंकले स्थानीय तहमा गएका बैंकलाई एक करोड रुपैयाँ एक वर्षसम्म निरब्याजी दिन्छ ।

त्यो बैंकले दुई हजार पाँच सय खाता खोलेपछि फेरि एक वर्षका लागि एक करोड रुपैयाँ राष्ट्र बैंकले निरब्याजी दिने क्षेत्रीय निर्देशक पौडेलले बताए ।

विदेशको पैसा गाउँमै

नरैनापुरका कलिम खाँका भाइ लतिफ साउदीमा छन् । लतिफले अहिलेसम्म घरमा पैसा पठाउदा भारतीय बैंकको प्रयोग गर्दै आएका छन् । ‘भारतको गुलरामा कहिले ससुरा त कहिले सालाको नाममा पैसा पठाउँछ, उनीहरुले निकालिदिन्छन् अनि मैले गएर ल्याउँछु, कलिमले भने ।

कलिमलाई पैसा लिन जाँदा डर लाग्छ । पैसा कहाँबाट कसरी ल्याइस्, दुईनम्बरी गरिस् कि भनेर सुरक्षाकर्मीले दुःख देलान् भन्नेमा उनी सधैं सचेत हुने गर्दछन् ।

आइतबार बैंक उद्घाटनको कार्यक्रममा आएका कलिम खुशी देखिन्थे । ‘अब यहीबाट पैसा मगाउन पाइने भयो । भारतमा गएर आफन्तीको नाममा र जोखिम मोलेर पैसा बोक्ने दिन गए, कलिमले भने, हाम्रो गाउँमा पनि बैंक आयो ।’

स्थानीय जनन्तुल पठानीका दुई छोरा पनि साउदी गएका छन् । उनले पनि अब भारतमा दिदी–बहिनीको नाममा पैसा मगाएर ल्याउन दिने गएको बताइन् । कार्यक्रमस्थलमै खाता खोल्न फाराम भरिरहेकी पठानीले बैंक आएपछि आफूहरुलाई सुविधा बढेको बताइन् ।

नरैनापुर गाउँपालिकामा साविकका गंगापुर, मटेहिया, नरैनापुर, कालाफाँटा, लक्ष्मणपुर र कटकुइया गाविस पर्छन् ।

राम्रो बाटो र विजुली नभएको, शिक्षा र स्वास्थ्यमा अति नै पछाडी रहेको यो गाउँपालिकामा भारततिरै कारोबार हुने भएकाले नेपाली पैसा सहजै चल्दैन ।

यहाँबाट मानिसले विदेशबाट भाइ, छोराहरुले पठाएको रकम भारतबाट झिकेर ल्याउदा भारु नै ल्याउने र किनमेललगायत सबै कारोबार सीमावर्ती भारतीय बजारमै गर्ने गर्दछन् । नरैनापुरमा मोटरसाइकलसमेत ९० प्रतिशतबढी भारतीय नम्बर प्लेटका चल्छन् । प्रहरीले नियमन गर्न सकेको छैन ।

राष्ट्र बैंक, नेपालगञ्जका क्षेत्रीय निर्देशक गुरुप्रसाद पौडेलका अनुसार, देशभरमा रहेका ७ सय ५३ मध्ये ३ सय ३२ स्थानीय तहमा मात्रै बैंक पुगेका छन् । राष्ट्र बैंकले विभिन्न सुविधा दिएर एक स्थानीय तहमा एक बाणिज्य बैंक पुर्याउने नीति अघि सारेको छ ।

बैंक एशोसियसनले यो वर्ष २ सय ५० स्थानीय तहमा बैंक पुर्याउने  प्रतिबद्धता गरेका छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?