सुमाेकाे ठक्करले चुँड्याे एक युवा डाक्टर

+
-

काठमाडौं– एक वर्षअघि एमडी गर्न अमेरिका पुगेकी एलिसा भन्डारी एक महिनाकाे विदा मनाउन नेपाल अाएकाे २० दिन भएकाे थियाे। उनी अमेरिका फर्कने तयारीमा थिइन्।

तर एमडी अध्ययन पुरा गरी चिकित्सा क्षेत्रमा अाफ्नाे छबि बलियाे बनाउने सपना पुरा गर्न यी २७ वर्षिया अमेरिका फर्कन मात्र पाइनन् ,उनकाे जिवन नै समाप्त भएकाे छ। दक्षिणकाली नगरपालिका वडा नम्बर ५ घर भएकी एलिसालाइ घरभन्दा केवल ५० मिटर टाढा शुक्रबार राति टाटा सुमाेले ठक्कर दियाे , उनकाे सपना मात्र हाेइन , जिवन नै चुँडियाे।

उनकाे निधनले शनिबार दिनभर दक्षिणकाली क्षेत्र तनावग्रस्त बन्याे। फर्पिङस्थित मनमाेहन अस्पतालमा राखिएकी हजुरअामालाइ हेरेर भाइसँगै स्कुटीमा घर फर्किएकी एलिसा घर पुग्न लाग्दा दुर्घटनामा परेकी थिइन्।

विरगन्जबाट काठमाडौं आईरहेको ना १ ज ३३७५ नम्बरको टाटा सुमाले दक्षिणकालीतर्फ गईरहेको बा ५७ प ३०७८ नम्बरको स्कुटरलाई ठक्कर दिदा त्यस स्कुटीकाे पछाडि बसेकी थिइन् एलिसा। स्कुटी हाँकीरहेका थिए उनका भाइ अमृतविक्रम भन्डारी। अमृत सामान्य घाइते भए। तिव्र गतिमा अाएकाे सुमाेले गलत साइडमा गएर ठक्कर दिएकाे थियाे।

एलिसा दक्षिणकालीस्थित टल्कुमा शिक्षित परिवारमा हुर्किन्। परिवारका दुइमात्र सन्तान थिए अमृत र एलिसा। एलिसाका बुबा विधुर कुमार भन्डारी स्थानिय सेतिदेवी मावीका प्रधानाध्यापक हुन्।
चिनबाट एमबिबिएस सकेर स्वदेश फर्किएपछि एलिसाले केही समय पाटन अस्पताललगायत केही अस्पतालमा काम गरिन् तर थप अध्ययन गर्ने हुटहुटी भने कायमै थियाे र लागिन् दुइ वर्षे एमडी अध्ययनका लागि । दक्षिणकाली नगरपालिका वडा नम्बर ५ घर भएकी एलिसालाइ त्यस ठाउँमा नचिन्ने काेही पनि थिएन। स्थानिय काजिनल बाेर्डिङ स्कुलबाट एसएलसी स्कुल टप गरेपछि उनीमात्र हाेइन उनकाे परिवार पनि प्रश‌सित थियाे।

सुमाले लगातार दुर्घटना गराएपछि स्थानियाले त्यस क्षेत्रमा सुमाे चलाउन बन्द गरिनुपर्ने माग राखे। स्थानियकाे अान्दाेलनपछि शनिबार दक्षिणकाली क्षेत्रकाे अवस्था असहज बनेकाे थियाे। प्रहरीले दुर्घटना गराउने सुमाेका चालकलाइ नियन्त्रणमा लिएकाे छ। तर सुमाे सन्चालक तथा यातायात समितीका प्रतिनिधी काेही सम्पर्कमा अाएका छैनन्। स्थानिय राजनितीक प्रतिनिधीले सुमाे सन्चालन गर्न बन्द गर्ने अाश्वाशन दिएपछि मृतकका परिवारले शव बुझेका छन्।
अाइतबारदेखी सुमाेबाहेकका अन्य सवारी त्यस क्षेत्रमा सन्चालन हुन थालेका छन्। टाटा सुमो नचलाउने सहमतीपछि आफन्तले मृतकको शव बुझेका थिए। फर्पिङ प्रहरी प्रभागका प्रहरी निरिक्षक (इन्सपेक्टर) विष्णु सोतीले अरु गाडि चलिरहेपनि सुमो मात्र बन्द भएको बताए। दक्षिणकाली नगरपालिका वडा नम्बर पाँचका अध्यक्ष श्याम खत्रिले टाटा सुमाेकाे लापरबाहीले मुलुकलाइ ठुलाे क्षती पुगेकाे बताए।

एउटा डाक्टर तयार गर्न कति ठुलाे लगानी अावश्यक पर्छ। तर एउटा चालककाे लापरबाहीले त्यत्राे धनजन क्षणभरमा सकिन्छ, खत्रिले भने।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?