वसन्तपुरमा भूकम्प सुरक्षा दिवस (फोटो फिचर)

वसन्तपुरमा भूकम्प सुरक्षा दिवस (फोटो फिचर)
+
-

काठमाडौं- ‘सबल समुदाय र स्थानीय सरकारः भूकम्पीय सुरक्षाको बलियो आधार’ भन्‍ने नाराका साथ २०औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस राजधानीमा मनाइएको छ।

काठमाडौंको वसन्तपुरमा काठमाडौं महानगरपालिकाले आयोजना गरिएको कार्यक्रममा भूकम्पबाट हुने जोखिम न्यूनिकरणका विविध उपायबारे जानकारी दिइएको थियो।

 

भूकम्प सुरक्षा दिवस

कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले भूकम्पबाट हुने क्षति न्यूनिकरणमा विशेष ध्यान दिन स्थानीय तहलाई निर्देशन दिए ।

उनले भौतिक पूर्वाधार बलियो बनाएर भूकम्पपछि हुने क्षति न्यूनिकरणमा लागि पर्न पनि काठमाडौं महानगरपालिकालाई सचेत गराए। मन्त्री बलायरले २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछिको पुनर्निर्माणको काममा तीव्रता दिन पनि ढिलाई गर्न नहुनेमा जोड दिए।

 

भूकम्प सुरक्षा दिवस

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको पुन:र्निर्माण र नव निर्माणमा जुट्न सबैलाई गरे। उनले भने, ‘ काठमाडौंको पुन:र्निर्माण र नव निर्माणमा सबै जना हातेमालो गरेर जुटौ। हाम्रो सम्पदालाई जोगाऔ।’

 

 

 

भूकम्प सुरक्षा दिवस

विक्रम संवत १९९० साल माघ २ गते भूकम्प गएको सम्झनामा मंगलबार देशभर राष्ट्रिय भूकम्प सुरक्षा दिवस आयोजना गरिएको हो। यसै अवसरमा २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछिको पुनर्निर्माणको कामलाई गति दिने प्रतिवद्धतासहित सरकारी स्तरबाटै यस वर्षको भूकम्प राष्ट्रिय सुरक्षा दिवस मनाइएको छ।

दिवसको अवसरमा स्थानीय तहहरुले पुनर्निर्माणको काममा तीव्रता दिने प्रतिवद्धता समेत व्यक्त गरेका छन्। कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागि भएका थिए।

भूकम्प सुरक्षा दिवस

भूकम्प सुरक्षा दिवस

भूकम्प सुरक्षा दिवस

भूकम्प सुरक्षा दिवस

भूकम्प सुरक्षा दिवस

भूकम्प सुरक्षा दिवस

भूकम्प सुरक्षा दिवस

तस्बिरहरु-बर्षा शाह/देश सञ्‍चार

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?