खप्तड गोल्डकप- उपाधिका लागि सोमबार आर्मी र एपीएफ भिड्ने

खप्तड गोल्डकप- उपाधिका लागि सोमबार आर्मी र एपीएफ भिड्ने
तस्बिर: दीपक जोशी।
+
-

धनगढी- दोस्रो संस्करण अन्तर्राष्ट्रिय आमन्त्रित नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधिका लागि दुई विभागीय टीम त्रिभुवन आर्मी र एपीएफ भिड्ने भएका छन्।

सोमबार दिउँसो धनगढी रंगशालामा दुवै टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

बलियो टोली साविक विजेता मनाङ मर्स्याङ्दीलाई ३–१ ले किनारा लगाएको आर्मीसँग अर्को विभागीय टोली एपीएफले उपाधिका लागि भिड्न लागेको हो।

आर्मीले १४ महिनापछि फुटवलमा फर्किएको थ्रीस्टारलाई क्वाटरफाइनलमा २–१ हराएको थियो।

धनगढी रंगशालामा आइतबार भएको दोस्रो सेमिफाइनलमा घरेलु टोली सुदूरपश्चिम ११ लाई स्तब्ध पार्दै एपीएफए फाइनलमा पुगेको हो।

आयोजक सुदूरपश्चिम ११ लाई २–० ले स्तब्ध पार्दै एपीएफले फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो।

पहिलो हाफमा घरेलु टोली सुदूरपश्चिम ११ ले विभागीय टोली एपीएफलाई दबाबमा राखेको थियो। तर,  दोस्रो हाफमा दुई गोल गरेपछि एपीएफ घरेलु दर्शकहरुलाई निराश पार्दै उपाधि नजिक भएको हो। एपीएफका लागि पहिलो गोल अन्जन बिष्टले ५७ औँ मिनेटमा गरेका थिए।

७६ औँ मिनेटमा एपीएफकै नवीन लामाले गोल गर्दै अग्रता दोब्बर बनाए। लामा खेलको म्यान अफ द म्याच पनि भए।

खेलपछि प्रतिक्रिया दिँदै एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले सुरुमा तालमेल नमिले पनि दोस्रो हाफमा राम्रो खेलेका कारण फाइनल पुग्न सफल भएको बताए।

सुदूरपश्चिम ११ का प्रशिक्षक ललित चन्दले विभागीय टोलीमा बलिया खेलाडीको वर्चश्व भए पनि सुरुवातको दबाब कायम गर्न नसक्दा र तालमेल बिगार्दा खेल गुमाएको बताए।

सर्वाधिक धनराशीको सुदूरपश्चिम खप्तड गोल्डकपका विजेताले ११ लाख ११ हजार १ सय ११ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल प्राप्त गर्नेछ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?