प्रधानमन्त्रीद्वारा छालाको जुत्ता लगाएरै पूजाअर्चना

प्रधानमन्त्रीद्वारा छालाको जुत्ता लगाएरै पूजाअर्चना
जुत्ता लगाएरै पूजा गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा। तस्बिर: दीपक जोशी
+
-

धनगढी- प्रधानमन्त्री शेरबहादुर देउवाले कुम्भ मेला आयोजना भएको कैलालीको गोदावरी धाममा छालाको जुत्ता लगाएरै पूजा अर्चना गरेका छन्।

गोदावरीमा १२ राशी मकर मेलाको उद्घाटन गर्न पुगेका प्रधानमन्त्रीले छालाको जुत्ता लगाएरै कुम्भबाटिकामा पूजाअर्चना गरेका हुन्। प्रधानमन्त्रीलाई पूजा गराएका ब्राम्हणले भने जुत्ता खोलेका थिए।

हिन्दु परम्परामा जुत्ता लगाएर पुजा गर्न पाइँदैन भने पूजास्थलमा छालाको जुक्ता झनै अपवित्र मानिन्छ। तर, प्रधानमन्त्री देउवाले भने छालाको जुत्ता लगाएरै पूआअर्जना गरेका हुन्।

धाममा पुगेर पहिले जुत्ता सहित पूजाअर्चना गरेका प्रधानमन्त्रीले त्यसपछि १२ राशी मकर मेलाको उद्घाटन गरे।

सो अवसरमा बोल्दै उनले वाम गठवन्धनले प्रधानमन्त्रीको टुंगो लगाएमा आफू पद छोड्न तयार रहेको बताए। उनले बामबठबन्धन प्रधानमन्त्रीका लागि सहमति गरेर आए आफु पद छोड्न तम्तयार भएर बसेको बताए।

उनले सबै दलहरुको सहमतिमा प्रदेश सभाको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्न खोज्दा सहमति नजुटेकोले अब सरकारले आफैँ तोक्ने दोहोर्‍याए।

उनले सरकारले अहिले प्रदेशको अस्थायी राजधानी तोक्ने र पछि प्रदेश सभाले त्यसको फेरबदल गर्न सक्ने अधिकार रहेको बताए।

तीन दिनदेखि धनगढी र महेन्द्रनगरमा रहेका प्रधानमन्त्री देउवा आइतबार काठमाण्डौ फर्किएका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?