खप्तड गोल्डकप- डिफेन्डिङ च्याम्पियन मनाङ सेमिफाइनलमा

खप्तड गोल्डकप- डिफेन्डिङ च्याम्पियन मनाङ सेमिफाइनलमा
+
-

धनगढी- डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब दोस्रो सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

रुपन्देही ११ लाई फराकिलो अन्तरले पराजित गर्दै मनाङ मर्स्याङ्दी धनगढीमा भइरहेको सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा शुक्रबार भएको अन्तिम क्वाटर फाइनलमा रुपन्देही ११ लाई ४–० ले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो।

खेलको २० औँ मिनेटमा मनाङका विदेशी खेलाडी भिक्टोर अमोवीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा मनाङले थप ३ गोल गरेको थियो। मनाङका लागि ५५ औँ मिनेटमा सुजल श्रेष्ठ, ८२ औँ मिनेटमा विशाल राई र ८३ औँ मिनेटमा विमल रानाले गोल गरेका थिए।

योसँगै सुदूरपश्चिम खप्तड गोल्डकपमा सेमिफाइनलमा पुग्ने चारै टिमको टुङ्गो लागेको छ। प्रतियोगिता अन्तर्गत शनिबार मनाङ र नेपाल आर्मीबीच सेमिफाइनलको पहिलो खेल हुने छ भने सेमिफाइनलको दोस्रो खेल आइतबार सुदूरपश्चिम ११ र एपीएफबीच हुनेछ।

सर्वाधिक राशीको सुदूरपश्चिम खप्तड गोल्डकपका विजेताले ११ लाख ११ हजार १ सय ११ र उप विजेताले ५ लाख ५५ हजार ५ सय ५५ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?