खप्तड गोल्डकप- आर्मी सेमिफाइनलमा, थ्री स्टार बाहिरियो

खप्तड गोल्डकप- आर्मी सेमिफाइनलमा, थ्री स्टार बाहिरियो
+
-

धनगढी- बलियो प्रतिद्वन्द्वी थ्री स्टारलाई हराउँदै विभागीय टोली नेपाल आर्मी धनगढीमा भइरहेको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा पुगेको छ।

बिहीबार धनगढी रंगशालामा भएको तेस्रो क्वाटरफाइनलमा थ्री स्टारमाथि २–१ को जित निकाल्दै नेपाल आर्मी अन्तिम चारमा पुगेको हो।

थ्री स्टारलाई हराएको आर्मीले फाइनल प्रवेशका लागि पुस २९ गते मनाङ मर्स्याङ्दी र अग्नि रुपन्देही ११ बीचको विजेतासँग खेल्नेछ।

खेल सुरु भएकोे ६ मिनेटमै गोल गर्दै आर्मीका नवयुग क्षेष्टले आफ्नो टोलीलाई अग्रता दिलाए । पहिलो हाफमा १–० ले अगाडी रहेको आर्मीका लागि दोस्रो हाफको ४९ औं मिनेटमा सुमन अर्यालले गोल गर्दै अग्रता दोब्बर पारे। तर त्यसको ४ मिनेटपछि थ्री स्टारले एक गोल फर्काउँदै खेललाई २–१ को अवस्थामा ल्यायो। दोस्रो हाफमा आर्मीलाई दबाबमा राखेको थ्री स्टारले दर्जनौँ मौकाहरु चुकायो। खेलमा आर्मीका कप्तान भरत खवास म्यान अफ द म्याच भए।

उनले नगद १० हजार प्राप्त गरे । शुक्रबार अन्तिम क्वाटरफाइनल खेलमा मनाङ र रुपन्देही भिड्नेछन्। सुदूरपश्चिम ११ र एपीएफ पनि यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन्। फाइनलमा लागि एपिएफ र सुदुरपश्चिम ११ बीच ३० गते सेमिफाइनल खेल हुनेछ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?