धनगढीमा धर्म परिवर्तन गराउने गिरोह सक्रिय

धनगढीमा धर्म परिवर्तन गराउने गिरोह सक्रिय
+
-

धनगढी-धनगढीमा धर्म परिवर्तन गराउने गिरोह सक्रिय भएको छ। ईशाई धर्मका प्रचारकहरु धर्म परिवर्तन गराउन प्रचार सामाग्रीहरु सहित घरघर पुगीरहेका छन्। उनिहरुले अन्य धर्म मान्नेहरुलाई बिभिन्न प्रलोभन देखाएर क्रिस्चीयन धर्माबलम्बी बन्न प्रेरित गरिरहेका स्थानिय वासिन्दाले बताएका छन्। धर्म प्रचारकहरु घरघरमा प्रचार सामाग्री सहित आएर धर्म परिवर्तनका लागि आग्रह गर्ने गरेको तारानगरका प्रकाशराज भट्टले बताए। अन्य धर्मका खराब कुराहरु बारे भिडियो, पर्चा लगायत सामाग्री देखाएर क्रिश्चीयन बन्न आग्रह गर्ने गरेको उनले बताए।

क्रिस्चीयन धर्मका प्रचारकहरुले धनगढीमा आर्थिक अवस्था कमजोर रहेका बर्गहरुलाई निशाना बनाएका छन्। यहाँका थारु दलित लगायत बिपन्न बस्तीमा पुगेर ईशाई बने रकम पाईने, बिभिन्न रोगहरु निको हुने लगायतका आस्वाशन बाँडेर धर्म परिवर्तन गराउने कार्य भइरहेको अर्का स्थानिय मनिराज जोशीले बताए । उनले यसरी धर्म परिवर्तन गराउदै हिड्नेहरुलाई पक्रेर कारवाही गर्न माग गरे।
धर्म प्रचारकहरु खुलेयाम धर्म परिवर्तन गराउन हिँडिरहेपनि स्थानिय प्रशासनले कसैलाई रोकतोक गरेको छैन। गतबर्ष तारानगरका भक्तराज जोशीको घरमा प्रहरीले छापा हानेपछि घरमै अनाथालय खोलेर वालवालीकालाई क्रिस्चीयन बनाईरहेको र उनको खातामा क्रिस्चीयन धर्म प्रचारका लागि बिदेशबाट ठुलो रकम आउने गरेको खुलेको थियो। त्यसपछि धनगढी आसपासमा जवर्जस्ती धर्म परिवर्तन गराउने काम केहि हदसम्म कम भएपनि पछिल्ला केहि दिनयता भने यो क्रम निकै बढेको छ। नेपालको कानुनमा जवर्जस्ती धर्म परिवर्तन गराउन नपाईने कुरा उल्लेख छ।

 

यो पनि पढ्नुहोस्…

यतो धर्मस्ततो जयः

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?