मजदुर लगाएर सडकको धुलो सफा गरिँदै

मजदुर लगाएर सडकको धुलो सफा गरिँदै
 सडकको धुलो सफा गर्दै मजदुर ।
+
-

नेपालगञ्ज– स्वीपर जति वडा कार्यालयतिर पठाएको नेपालगञ्ज उपमहानगरपालिकाले दैनिक ज्यालादारीमा मजदुर ल्याएर सडकको धुलो सफा गरेको छ।

कारकादोदेखि जमुनाहासम्मको फोरलेन सडकछेउमा जम्मा भएका धुलोलाई नगरपालिकाले मजदुर लगाएर सफा गरिरहेको छ । दैनिक आठ जना ज्यालादारी मजदुरले अहिले सडकको धुलो सफा गरिरहेका छन्।

‘रोड क्लिन अभियान थालेका छौं,’ नगरपालिकाका सरसफाइ शाखा प्रमुख अशोक केसीले भने, ‘मुख्य सडकमा धुलो पनि जम्मा हुन नदिने अभियान हो। सडकमा बालुवा, माटो बोकेर हिड्ने ट्याक्टरलाई समेत कडाई गर्ने तयारी गरिएको छ।

ट्याक्टरले बालुवा र माटो बोकेर ल्याउदा बाटोमा खस्ने र त्यसले फोहोर गर्ने भएकाले बालुवा, माटो ल्याउदा त्रिपालले छोपेर नखस्ने गरी ल्याउन भनिएको छ। ‘हामीले ट्याक्टर समितिलाई यस विषयमा पत्र नै काट्ने योजना बनाइसकेका छौं,’ केसीले थपे ।

शनिबार शनिबार सडक सरसफाई अभियान जारी राखेको नगरपालिकाले फोहोरसँगै धुलोसमेत रोडमा हुन नदिने रणनीति बनाएको छ । सरसफाईमा आलोचना खेपिरहने नेपालगञ्ज नगरपालिकाका कर्मचारीहरु पछिल्ला दिनमा रचनात्मक काममा लागेका छन् ।

फोरलेन सडक बनेपछि नेपालगञ्जको सुन्दरता झल्किएको छ । त्यसमा अब सडकको फोहोर र धुलो सफा गर्न सकेमा अझ राम्रो हुने स्थानीयहरु बताउँछन् ।

यो पनि पढ्नुहोस्…

राजधानीमा डेढ महिनामा बाह्र सय टन धुलो

अख्तियारले मेलम्चीलाई सोध्यो: धुलो कहिले हट्छ?

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?