सगुनको एप नयाँ दिल्‍लीबाट सार्वजनिक

सगुनको एप नयाँ दिल्‍लीबाट सार्वजनिक
+
-

काठमाडौं-नेपालीले बनाएको सगुनको बहुप्रतिक्षित मोबाइल एप भारतको नयाँ दिल्‍लीबाट सार्वजनिक गरिएको छ। बलिउडक स्टार श्रद्धा कपूरले भव्‍य कार्यक्रमका बीच सगुनको एप सार्वजनिक गरेकी हुन्।

उनले कार्यक्रममा बोल्दै भनिन्, ‘ सगुनले मानिसको मन र भावनलाई एकै पटक अभिव्‍यक्त गर्ने माध्यम बन्‍नेछ। साथै बलिउडका साथै विश्‍वभरका सेलिब्रेटीलाई यसले नयाँ कुरा सिकाउनेछ। ‘

यस्तै सगुनले मानिसको अर्थपूर्ण साथ र सहयोग गर्नुका साथै सोचे अनुसारको पारिवारिक वातावारण समेत सृजना गर्ने विश्‍व रहेको उनले बताइन्।

यस्तै सगनका संस्थापक गोविन्द गिरीले सगुन एसियाकै पहिलो सामाजिक सञ्‍जाल भएको र सूचनालाई विश्‍वभर बाँडेर ज्ञान पाइने, सोही समयमा पैसा समेत कमाउने सोचले सगुनको निर्माण गरिएको बताए। उनले यसलाई कर्मसियल सामाजिक साइट बनाउन सजिलै सकिने तर केही चुनौती समेत रहेको बताए।

उनले भने, ‘ सगुनमार्फत मानिसको भावना र आइडिया अभिव्यक्त गर्ने मौका दिएको छ। विश्‍वभर छरिएर रहेका मानिसबीचमा भेटघाट, विचार-विमर्श, आपसमा सामिप्‍यताका साथै प्रविधिको माध्‍यमबाट नयाँ सोचको विकासमा सहयोग पुग्‍छ।’

तर उनले सुरुको चरणमा केही चुनौती रहेको भन्दै यसलाई सबैले मिलेर समाधान गर्नुपर्ने बताए। विशेष गरी युवाहरुलाई प्रविधिको माध्‍यमबाट नयाँ सोचलाई प्रवर्द्धन गर्न उपयोगी हुनेमा उनको जोड थियो।

यस्तै सगुनमा भारतका अबनिश कुमार अग्रवालले समते लगानी गरेका छन्। उनले कार्यक्रममा बोल्‍दै भने, ‘ मैले पहिलो पटक सगुनलाई इमेल मार्फत जानकारी पाए। तर पहिलो पटक मैले अस्विकार गरे। पछि जब मैले खोले। अनि मैले सगुनमा लगानी गर्ने मनसाय बनाए।’ भारतमा स्वाती दयालले सगुनमा मलाई लगानीको लागि सुझाव दिएकीले धेरै खुसी लागेको बताए।

उनले अब इन्टरनेटको दुनियामा की गुगल की सगुन नै उत्कृष्ट मानिसको प्‍लेटफर्म हुने दाबी समेत गरे। यस्तै विश्‍वभरबाट सगुनको एपको लाइभ कार्यक्रम २० लाख मानिसले हेरेका छन्।

सगुनको एपको विशेषताहरु

अमेरिकी बजारमा मिनी आइपिओ जारी गरेको आइटी स्टार्ट अप कम्पनी सगुनले स्मार्ट फोनका पारिखीहरुले अब मोवाइल एप ट्रायल भर्सन प्ले स्टोरमा गएर डाउनलोड गर्न सक्नेछन्।

सगुनले दक्षिण एशियाली बजारलाई लक्षित गरेर मोवाइल एप डेभलप गरेकाले यसले प्रयोगकर्ताको गोपनियतालाई निकै ध्यान दिएको छ।

एपबाट पठाइने फोटो, टेक्स्ट, भिडियोलगायतका प्राप्त गर्नेले हेरिसकेपछि आफैं डिलिट हुने फरक खालको विशेषता यसमा रहेको छ ।

खासमा सगुनको मोवाइल एप वेव भर्सनको अर्को रुप हो।

मोवाइलमा वेव व्राउजर नखोली एपबाटै वेवमा रहेका सबै कुरा चलाउन सकिने भएकाले यो एप हाते डिभाइस चलाउनेहरुबीच निकै लोकप्रिय हुने विश्वास छ। यसको अर्को विशेषता आफ्नो दैनिकीलाई सेड्युलमा राखेर साथीभाइ आफन्त लगायतलाई सेयर गर्न सकिन्छ।

सेयर गरेका आफन्तहरुले यो समयमा आफ्नो साथि कहाँ के गरिरहेको छ भन्ने कुरा एपमा भएको सेड्युलिङ हेरेर नै थाहा पाउन सक्छन् । अर्थात ब्यस्त जीवनमा अहिलेको समयमा आज कुन कार्यक्रममा हुनुहुन्छ भन्ने कुरा जानकारी दिनेछ । जसले गर्दा फोन गरिरहनु पर्ने अवस्था रहदैन्।

यसमा टुडेज सेक्रेट नामक छुट्टै एप छ, जसबाट हाम्रो दैनिक गोप्य स्टोरीहरु साथीभाई र परिवारलाई सेयर गर्न सकिन्छ । आफ्ना मेमोरेबल इभेन्टहरुलाई सेयर गर्न कस्टोमाइज्ड अप्सन यसमा छ ।

के हो ‘सगुन’ सञ्‍जाल ?

सगुन अन्‍य सामाजिक सञ्‍जाल (फेसबुक, ट्वीटर, ह्वाट्स एप, स्न्याप च्याट, इस्टाग्राम)जस्तै सूचना,ज्ञान बाड्‍ने र साथै पैसा कमाउने एक सञ्‍जाल हो।

वेवसाइटमै सोसल स्मार्ट कार्ड, व्यक्तिगत तथा व्यावसायिक पेज भएको साइट खुल्छ। यस्तो पेज भएको साइट अमेरिकामा रहेर कार्यरत नेपाली इन्जिनियर गोविन्द गिरीले स्थापना गरेको कम्पिनी सगुन इंकले निर्माण गरेको सफ्टवेयर हो।

धनकुटाको लेगुवामा जन्मिएका गोविन्द गिरीले पेन्टागनमा सन् २००३ देखि कम्प्युटर इन्जिनियरका रुपमा काम गर्न थालेको लामो अनुसन्धानपछि धेरै नयाँ विशेषतासहितको ‘सगुन डट कम’ सर्च इन्जिन सन् २००९ मा बाहिर ल्याए जसले उनलाई पेन्टागन नै छोड्‍न बाध्‍य बनायो।

गिरी कुनै समय पेन्टागनमा सिस्टम इन्जिनियरको रुपमा काम गर्दा सगुनको सफ्टवेयरको विकास गरे र गुगलजस्तै सर्च इन्जिन बनाउने प्रयास गरेका थिए।

सगुनमा फेसबुक, ट्वीटर, ह्वाट्स एप, स्न्याप च्याट, इस्टाग्रामसहितका मेसेजिङ विशेषता रहेको छ। यसका अतिरिक्त यसमा खाता खाता खोल्दा, साथी बनाउँदा, सेक्रेट म्यासेज पठाउँदा साइटमा इन्गेज भएर पुरस्कार प्राप्त हुन्छ।

यसलाई सगुन सोसल स्मार्ट कार्डको रुपमा समेत प्रयोग गर्न सकिने आइसिटी नेपालका संस्थापक समेत रहेका राजु कट्टेलले भने, ‘विशेष प्रकारले डिजाइन गरिएको छ।

प्रयोगकर्ताले यसमा खाता खोल्नासाथ आफ्नो पिग्गी बैंकमा ५ डलर प्राप्त गर्छ।त्यसै गरी अन्य गतिविधिबाट जम्माम भएको रकम निश्चित समयपछि सगुन इंकले आधिकारिता प्रदान गरेका विक्रेतासँग आफ्नो स्मार्ट कार्ड प्रयोग गरेर सपिङ गर्न सकिन्छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?