प्रहरी नियन्त्रणमा सत्याग्रही डा. केसीको एक दिन

प्रहरी नियन्त्रणमा सत्याग्रही डा. केसीको एक दिन
+
-

काठमाडौंँ- सोमबार रातभरि डा. गोविन्द केसीलाई  प्रहरीले सिँहदरबार वृत्तकै हिरासतमा  राख्यो।  त्यहाँ पनि उनी अनशन नै बसिरहे।मंगलबार बिहान ८:४० मा उनलाई अदालतमा उपस्थित गराउन लगिएको थियो।

सिंहदरबार प्रहरी वृत्त र सर्वोच्च अदालतबीचको दूरी धैरै नभए पनि उनलाई निर्धारित समयभन्दा निकै अगाडि सर्वोच्च अदालत पुर्‍याइएको थियो।

त्यहाँ उनलाई करिब ५ घन्टा यत्तिकै राखियो।  बल्ल बयान सुरु भयो।

बयान सकिएपछि ४ बजे उनलाई एम्बुलेन्समा राखिए पनि कहाँ लैजाने भन्ने टुंगो नहुँदा एक घण्टा एम्बुलेन्समै राखेर अदालत परिसरमै राखिएको थियो।

एक घण्टापछि प्रहरीको टोली र डा. केसीलाई राखिएको एम्बुलेन्स वीर अस्पतालतिर हान्नियो। वीर अस्पतालमा केही सामान्य चेकअपपछि उनलाई क्याबिनमा राखियो।  मंगलबार रात उनले त्यही नाै नम्बर क्याबिनमा बिताउनेछन्।

भोलि बुधबार दस बजे उनलाई अदालत लगिने प्रहरीले जानकारी दिएको छ।

मंगलबार दिनभरि डा. केसीले प्रहरी नियन्त्रणमै एम्बुलेन्समा वा सर्वोच्च अदालतमा बिताए।

देशसञ्चारकी फोटो पत्रकार वर्षा शाहले दिनभरि केसीलाई पछ्याइन् र लिइन् यी तस्बिरहरु।

 

 

यो पनि पढ्नुहोस्…

डा. केसीलाई वीर अस्पतालबाट अदालत लगियो

म रैती होइन, सार्वभौम देशको नागरिक हुँ-डा.केसी

डा. केसीले सर्वोच्च परिसरमै भने, ‘मेरो अनशन गोपाल पराजुलीलाई ननिकालेसम्म’

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?