खप्तड गोल्डकप- थ्री स्टारको उत्कृष्ट पुनरागमन

खप्तड गोल्डकप- थ्री स्टारको उत्कृष्ट पुनरागमन
+
-

धनगढी- १४ महिनापछि फुटबलमा फर्किएको थ्री स्टार क्लबले धनगढीमा जारी खप्तड गोल्डकपबाट उत्कृष्ट पुनरागमन गरेको छ।

सोमबार भएको खेलमा झापा ११ लाई ३–१ ले हराउँदै थ्री स्टारले उत्कृष्ट पुनरागमन गरेको हो। जितसँगै थ्री स्टारले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का कारण एएफसी कपको दोस्रो चरण खेल्न नपाएपछि थ्री स्टारले क्षतिपूर्ति नपाएसम्म फुटबल नखेल्ने घोषणा गरेको थियो। १४ महिना कुनैपनि प्रतियोगितामा सहभागी नभएको थ्री स्टार एएफसी कपको क्षतिपूर्ति वापत एन्फाले १ करोड ५० लाख रुपैयाँ दिने सहमति जनाएपछि फुटबलमा फर्किएको हो।

थ्री स्टारले सन् २०१६ को नोभेम्बरपछि पहिलोपटक खेल खेलेको हो। थ्री स्टारले भारतको गुवाहाटीमा सम्पन्न ६४ औं भारत रत्न बोर्डोलोइ ट्रफी जितेपछि कुनै खेल खेलेको थिएन।

धनगढी रंगशालामा सोमबार भएको खेलमा थ्री स्टारलाई जित दिलाउन बुद्ध चेम्जोङले दुई तथा विदेशी खेलाडी मार्टिनले एक गोल गरे। झापाका कर्ण लिम्बुले एक गोल फर्काए। खेलको चारै गोल पहिलो हाफमा भएको थियो।

विमल घर्तीमगर र अनन्त तामाङलाई क्लबमा भित्र्याएर मैदान उत्रिएको थ्री स्टारका लागि तामाङले डिफेन्स लाइन सम्हाल्दा फरवार्ड विमलले भने गोल गर्न सकेनन्।

दुई गोल गरेर टिमलाई जिताएका कर्ण चेम्जोङ म्यान अफ द म्याच भए। उनले नगद १० हजार हात पारे।

जितपछि प्रतिक्रिया दिँदै थ्री स्टारका प्रशिक्षक मेघराज केसीले १४ महिनापछिको डेव्यु म्याचमा अपेक्षा अनुसारकै नतिजा आएको बताए।

झापा ११ का प्रशिक्षक प्रवेश कटुवालले भने राम्रो खेल्दाखेल्दै पनि भएका गल्तीको फाइदा उठाउँदै विपक्षीले गोल गर्दा हार व्यहोरेको बताए। प्रतियोगिता अन्तर्गत मंगलबार भुटानको ड्रुक स्टार र अग्नि रुपन्देही ११ बीच खेल हुने छ। प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११, उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन्।

 

यो पनि हेर्नुहोस्…

१४ महिनापछि फुटबलमा फर्कियो थ्री स्टार

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?